फागुन १ गते सोमबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

Read Time:1 Minute, 44 Second

माघ २९, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — भाेलि फागुन १ गते सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादिले २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरू गरेकाे थियाे । जनयुद्ध २०५२ फागुन १ गतेबाट सुरू भई २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । सशस्त्र युद्ध को नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ।
प्रधानमन्त्री प्रचण्डले साता अघि सार्वजनिक विदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने भनेका थिए । तर अहिले उनले माओवादी पार्टीले सुरू गरेकाे जनयुद्ध दिवस मनाउन यसपटक आफ्नैनेतृत्वको सरकार भएको मौका पारि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जनयुद्धको नाममा विगतमा सार्वजनिक नदिएको बिदा यस पटक थप गराएका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %