
माघ २८, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी केपि ओलि नेतृत्व एमाले पार्टीलाई धक्का दिंदै सुदूरपश्चिम प्रदेशबाट उदाएको बताए ।
नेपालले शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ समाजवादीद्वारा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दा बताएका हुन् । नेपालले आफ्नो पार्टी एकीकृत समाजवादीलाई केही होइन भन्नेहरूलाई सुदूरपश्चिममा देखाइ दिएको बताए । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम सरकारमा रहनु नै एमालेका लागि ठूलो धक्का भएको उनले दाबी गरेका छन् ।
अध्यक्ष नेपालले भने ‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो । नयाँ सरकारमा अहिले कोको छन् ? एउटा नेपाली कांग्रेस, अर्को (एकीकृत समाजवादी) । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन ? कहाँबाट उदायो त्यहाँ । ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो पहिलो सुरुवात हो,’ ।
