
२५ माघ २०७९, बुधबार
राज्यसत्ता संवाददाता
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताएका छन् । सामन्था बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकि हुन् । सामन्थाले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताईन ।
अमेरिकाले नेपालमा गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो सामन्था पावरले बताईन । उनकाे भनाइ अनुसार अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि बताईन । उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताईन ।
सामन्था पावरका अनुसार, ‘‘भूराजनीति परिवर्तन भइ नै रहन्छ। शीत युद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो। तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला। हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ। नेपालसँग गरेको प्रतिवद्धताको उत्पादन हो।’’
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरेको जानकारी दिईन ।
