भारतीयले गोली प्रहार गर्दा सप्तरीमा एक जना घाइते

Read Time:2 Minute, 12 Second

माघ २५, २०७९

राज्यसत्ता संवाददाता

कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । भारतीयहरू ३०–४० जनाको समूहमा आएका थिए । भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ स्थानीय महेन्द्र पासमान छर्रा लागेरघाइते भएका छन् । पासवानको घुँडामा छर्रा लागेको थियाे ।

गोबरगाढाबस्ती मध्य कोसीमा अवस्थित छ । गाेबरगाढनाबस्ति भारतीय सीमासित जोडिएको छ । गाईभैंसी चोरी गरी याे बस्तीबाट भारत लाने गर्दछ । पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको थियाे । यहि घटनालाई आधारमानि स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर गोबरगाढामा राखेका थिए । नियन्त्रणमा लिएको भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा भारतीय नागरिक आएका थिए । भारतीयहरूले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिट गरेको वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिएका छन् । भारतीयहरु बन्दुक र घरेलु हातहतियारसहित आएका थिए । उनिहरूले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको वडाध्यक्ष यादवले बताएका छन् ।
राजविराजमा रहेकाे सशस्त्र प्रहरी बल गण नम्बर ६का गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालित भइसकेकाे बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %