टर्कीमा गएको ७.८ रेक्टर भूकम्पमा परि ३५ सयभन्दा बढीकाे मृत्यु

Read Time:2 Minute, 43 Second

माघ २४, २०७९ राज्यसत्ता संवाददाता
टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा साेमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा भूकम्पमा परी ३५ सय भन्दा बढि मानिसको मृत्यु भएकाे अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । भुकम्पमा परि हजारौंको संख्यामा घाइते भएका छन् ।

टर्कीको विपत् एजेन्सीका अनुसार भूकम्पमा परि टर्कीमा मात्रै २९ सयभन्दा बढीको मृत्यु भएको बताएको छ ।
शक्तिशाली भुकम्पपश्चात् सयौं परकम्प गइरहेकाे छ । सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो । साे भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ ।

अहिले घटनास्थलमा उद्धार कार्य जारी भईरहेको छ । भूकम्पबाट भौतिक संरचना भत्किएका छन् । ती भत्किएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भई रहेका छन् ।

शक्तिशाली भुकम्पमा परि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा भने विभिन्न मिडियाले फरकफरक तथ्यांक सार्वजनिक वरिरहेकाे छ । सीएनएनले सिरिया र टर्कीमा २३ सयकाे मृत्यु भईसकेको जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली तत्कालै खटाएका छन् । राष्ट्रपति रेसेपले भुकम्प प्रभावित ८ वटा प्रान्तका गभर्नरहरूलाई टेलिफोन गर्दै पछिल्लो अवस्थाको जानकारी लिन र उद्धारलाई तीव्र बनाउने निर्देशन दिएका छन् । रेसेपले संरचनामा पुरिएका मानिसलाई तत्काल उद्धार गर्न र उनीहरूलाई अस्पताल पुर्‍याउनु आफूहरूको प्रमुख दायित्व रहेको उनले बताएका छन् ।

१ सय वर्षभन्दा लामो अवधि पछि टर्की र सिरियामा गएकाे ठूलो भूकम्पनै यहि हो । टर्की भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशील क्षेत्रमध्य एक हाे । १९९९ मा टर्कीमा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %