नेपाल भ्रष्टाचार सूचकांकमा११०औँ स्थानमा

Read Time:2 Minute, 13 Second

राज्यसत्ता संवाददाता
१७ माघ २०७९

काठमाडौं । ट्रान्सपरेन्सि ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेकाे छ । साे सूचकांकमा नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा परेकाे छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार सार्जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ ।

यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेकाे छ । भने सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेकाे छ । साेमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ । हाम्रा छिमेकी राष्ट्रहरू भारतले ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहेकाे छ भने चीनले ४५ अंक प्राप्त गरी ६५औँ स्थानमा रहेको छ ।

याे सूचकांकलाई हेर्दा डेनमार्कले रू १०० काे काम गर्दा ९० रूपैयाँ सदुपयाेग गरेकाे देखिन्छ भने साेमालियाले रू १०० काे काममा जम्मा १२ रूपैयाँकाे सदुपयोग गरेकाे देखिन्छ । डेनमार्कले १० रूपैयाँ दुरूपयाेग गरेकाे र साेमालियाले ८८ रूपैयाँ दुरुपयोग गरेकाे देखिन्छ ।

नेपालले भने रू१०० काे काम गर्दा जम्मा ३४ रूपैयाँ सदुपयोग गरेकाे र ६६ रूपैयाँ दुरूपयाेग अर्थात भ्रष्टाचार गरेकाे देखिएकाे छ । याे सर्भे १८० वटा राष्ट्र र क्षेत्रमा गरिएको थियाे ।

गतवर्ष २०२१ मा नेपालले ३३ अंक ल्याई ११७अाैं स्थानमा थियाे ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %