
माघ १६, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्नेर उपराष्टपतिकाे निर्वाचन चैत ३ गते निर्णय गरेकाे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए छन् ।
थपलियाले भनेका छन् ‘केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,’ । राजनीतिक दलहरूले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आएका छन् ।
राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताहरू भनेका प्रतिनिधिसभाका सांसद, राष्ट्रिय सभाका सांसद र प्रदेश सभाका सांसदहरू हुन् । संघीय सांसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुने गर्दछ ।
वास्तवमा राष्ट्रपति पद सेरेमोनियल अर्थात संवैधानिक पद भएपनि विगतमा राष्ट्रपतिले महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेलिदिए काेले प्रमुख राजनीतिक दलहरू यो पद आफ्नो पक्षमा पार्न उद्यत छन् । वर्तमान सांसदमा कुनैपनि दलको स्पष्ट बहुमत छैन । अहिलेकाे अवस्थामा राष्ट्रपति को हुन्छ भन्न सक्ने अवस्था छैन ।
