
काठमाडौं
२०७९ माघ १६ सोमबार
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्ड दुई दिने नेपाल भ्रमणमा छिन् । उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेकि छिन् । उनले विभिन्न पार्टीका शिर्ष नेताहरूसँग विगत एक दशकमा नेपालले गरेको अतुलनीय लोकतान्त्रिक यात्राका विषयमा छलफल गरेका थिए । नेपालमा लाेकतन्त्रकाे सुन्दर पक्ष शान्तिपूर्ण सत्ता हस्तान्तरण विश्वकै निम्ति नमूना भएको कुरा बताईन । उपविदेशमन्त्रि नुल्याण्डले भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदृश सभा सदस्य निर्वाचन स्वतन्त्र निश्पक्ष भएकोले नेपालको प्रशंसा गरेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्।



अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने बताईन । टेक्नोलोजीलाई आगामी दिनमा झनै सशक्त बनाउँदै जाने उनकाे प्रतिबद्धता थियाे।
नुल्याण्डले नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न सुझाव दिएकी छन् । उपविदेशमन्त्रि नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा आफ्नो देशकाे महत्त्वपूर्ण पक्ष सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने बताएकी थिईन ।
उपमन्त्री नुल्यान्डले सोमबार पाटनमा आयोजित पत्रकार सम्मेलनमा भनेकि छिन्, ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन् । नेपालले सबै आफ्ना छिमेकीहरूसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौं ।’
उनले अमेरिकाको भारतसँग साँच्चै बलियो सम्बन्ध रहेको बताईन । नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको उनले बताईन । ‘चीनको कुरा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले नोभेम्बरमा भेटवार्ता गरेका थिए । आगामी साता चीनसँग अमेरिकाको अझ बढी संलग्नताहरू हुँदै छन्,’ नुल्याण्डले भनिन् ।
