
१४ माघ २०७९, शनिबार
राज्यसत्ता संवाददाता
काठमाडौँ, माघ १४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेसँग नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालत संवैधानिक ईजलासले फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारसँग परामर्श गरि मिति घाेषणा गरिने छ ।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वाेच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ अनुसार उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थामा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन नेपालको नागरिक हुनुपर्ने व्यवस्था छ । साेहि ऐनकाे दफा १२ मा उम्मेदवार योग्य नभएको व्यक्ति उम्मेदवार हुन नपाउने उल्लेख छ ।
नेपाली नागरिकता बिहिन रबि लामिछानेले उनकाे आफ्नै नेतृत्वमा २०७९ असार ७ गते निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयाेगले असार १७ गते दल दर्ता गरि दिए थियो । कार्तिक २९ गते निर्वाचन अधिकृतको कार्यालय, चितवन–२ मा लामिछानेको उम्मेदवारी खारेजको मागसहित उजुरी परेको थियो । तर निर्वाचन आयोगले समयमै निर्णय दिन सकेन र मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचित भए। उनी प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री भएका थिए । सर्वोच्च अदालतको याे फैसलापछि उनले लिएकाे नेपाली नागरिकता र राहदानी, दलदर्ता र सांसद विजयी एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री सबै संवैधानिक कार्य गैर्हकानुनि ठहर भएकाे छ । उनी अब राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत स्वतः रिक्त हुनेछ ।
लामिछानेले पुस ७ गते प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरे र पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुनुभएका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ सात सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणाली तर्फ ११ लाख ३० हजार ३४० मत सहित सो दलले १३ सिट पाई चौथो पार्टी भएको थियाे ।
