
राज्यसत्ता संवाददाता
माघ १२, २०७९
काठमाडौं। मंगलबार बानेश्वर संसद भवन गाडि आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ।
सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरेकाे छ।
आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।
आचार्यले मंगलबार आत्मदाह गर्नु अगाडि उनको फेसबुक स्टाटस केही व्यक्ति र संकेहिकाे नाम उल्लेख गरेका थिए ।
आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् ।
आचार्यकाे गत बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा टाट पल्टेकाे स्टेटसमा उल्लेख गरेका थिए ।
