प्रचण्डले मा‌ओवादी स्थायी कमिटी बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे नेताहरूसँग राय मागे

Read Time:1 Minute, 47 Second

माघ १२, २०७९

राज्यसत्ता संवाददाता
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कसरी जाने भन्ने बारे राय मागेका छन् । स्थायी कमिटीको बिहीबारबाट सुरु भएकाे छ । प्रचण्डले बैठकमा दाहालले समसामयिक राजनीतिक विषय बारे पनि ब्रिफिङ गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । ऐन बमोजिम सो मितिभन्दा एक महिना अघि राष्ट्रपतिको निर्वाचन गराउनु पर्दछ । त्ययसैले यहि फागुन २९ गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएकोले अब नयाँ राष्ट्रपतिका लागि निर्वाचन तयारी भइरहेकोले प्रचण्डले आफ्ना पार्टीका नेताहरूसँग राय सुझाव मागेका हुन् ।

प्रचण्डले एमालेसँगको गठबन्धनलाई नै अगाडि बढाउने आफ्नो भरपुर प्रयास रहने कुरा स्थायी कमिटीमा राखेका छन् ।

प्रचण्ड सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियाे । काङ्ग्रेसले दिएकाे विश्वासकाे मत सम्बन्धमा कसरी अगाडि बढ्ने भन्नेबारे गठबन्धनमा रहेका अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल चलिरहेको प्रचण्डले बताएका थिए ।

2 1
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
33 %