जनमुक्ति पार्टी किन अघि बढेन?

Read Time:42 Minute, 25 Second

पूर्ण बहादुर राना


राष्ट्रिय जनमुक्ति पार्टी बहुजाति भएको मुलुक नेपालमा जन्मिनै पर्थ्याे । जन्म्यो । जनमुक्ति पार्टी पहिचान र समानुपातिक विरोधि पार्टीहरुको काउछो त हो हो । अझ कथित पहिचान र समानुपातिक पक्षधर भइ टोपलिएका पार्टीहरुको पनि काउछो हो । दुष्मन हो । मुख्य शत्रु हो । अन्य नश्लवादिहरुको त कुरै गर्नु बेकार छ ।
जनमुक्ति पार्टीले उठाएका माग आंशिक रुपमा लागु भएको छ । देश अहिले जनमुक्ति पार्टीको बिचारमा अडेको छ । बडो दुरदर्शिका साथ जनमुक्ति पार्टीले २०४७ सालमा जातीय समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्म निरपेक्षता, ६० वर्षमा बृद्धा भत्ता, स्थानीय स्वयत्तता, बहुभाषिक शिक्षा, केवलकार आदि एजेण्डा उठायो । यति राम्रो र सबै जातिको जित जित हुने सिद्धान्त हुँदा हुँदै पनि किन राष्ट्रिय जनमुक्ति पार्टीले पटक पटक हार व्याहोर्नु पर्यो? यसको बारेमा विचार गरौं । जनमुक्ति पार्टी माथि भएका पटक पटका प्रहारहरु;


१. २०५१ मा एमालेको मनमोहन नेतृत्व सरकारले लागु गरेको बृद्धा भत्ता
राष्ट्रिय जनमुक्ति पार्टीले २०४७ सालबाट आफ्नो घोषणापत्रमा उल्लेख गरेको ६० वर्षमा बृद्धा भक्ता दिनुपर्छ भन्ने मागलाई २०५१ सालम मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा एमाले सरकारले ७० वर्षमा बृद्धा भत्ता दिन सुरु गर्यो । जनमुक्तिको सिद्धान्त चोरेरनै यो पार्टीले अहिले समानुपातिक मत अर्थात् पपुलर मत धेरै पाइरहेको छ ।


२. २०५२ को माओवादी विद्रोह
२०४७ सालदेखि शान्ति पूर्वक रुपमा उठेको जातीय समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्म निरपेक्षता, ६० वर्षमा बृद्धा भत्ता, स्थानीय स्वयत्तता, बहुभाषिक शिक्षा, केवलकार आदि एजेण्डालाई ओझेलमा पार्ने काम २०५२ सालबाट माओवादीले सुरु गरेको वर्ग संङ्घर्षले गर्यो । सुरुमा माओवादीले हुने वर्ग र नहुने वर्ग(Haves and have nots) बिचको द्धन्द्धको आवाज बुलुन्द गर्दै जनयुद्धको शंखघोष गर्यो । तर जनयुद्ध सुरु भएको दुई चार वर्षमा पनि आन्दोलनको आँधिबेहरीको सिर्जना हुन नसके पछि माओवादिले जनमुृक्ति पार्टीले ०४७ सालबाटै उठाएको मुद्धा बोकि अघि बढ्यो र आन्दोलनले उचाईका साथ सफलता हात पार्याे।


३. शाहि कालको मन्त्रिपरिषदमा जनमुक्तिको सामेल
२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरि प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव गोरे बहादुर खपाङ्गी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । ज्ञानेन्द्रले आह्वान गरेकाे मन्त्रीकाे लागि जाति मिलाउँदा जनमुक्ति पार्टीबाट १२ जनाकाे नाम सिफारिस भएकाे थियाे । छानिने बेेलामा खपाङ्गि छानिए । प्रधानमन्त्री चन्दले नेपाल मगर संघलाई मन्त्री पदकाे लागि नाम सिफारिस गर्न पठाएको थिएन ।

गाेरे बहादुर खपाङ्गि मन्त्री हुँदा नेपाल मगर संघकाे सिफारिसमा मन्त्री भएका थिएनन् । उनी मगरहरूकाे मात्रै पेवा मन्त्री थिएन । उनी त देशकाे मन्त्री थिए । सबै जातिको मन्त्री थिए । सबै धर्मालम्बिकाे मन्त्री थिए । त्यसैले गाेरे बहादुर खपङ्गिले हिन्दु धर्मावलम्बीको चाड दशैंमा टीका लगाई दिए । जसरि दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले सरकार बनाउन पाएपछि गाेराहरूलाई दक्षिण अफ्रिकामै सम्मान साथ राखे र बस्न दियाे । आन्दाेलनपश्चात कालाले गाेरालाई खेद्न पनि सक्थे । तर त्यसाे नगरि कालाहरूले गाेराहरूकाे अस्तित्व स्विकारे र सम्मान गरे ।

खपाङ्मागिले घटस्थापनादेखि जमरा राखेर दशमिकाे दिन टीका लगाएर काेजाग्रत पूर्णिमाकाे विधिविधान पूरा गरेर दशैंमा टीका लगाएका थिएनन् । उनले सह-अस्तित्वमा विश्वास गर्ने भएकोले आफ्नो अस्तित्व मात्रै ठूलाे हाेईन अरूकाे अस्तित्व पनि ठूलाे हुन्छ सहअस्तित्वमा भन्ने बुझेर टीका ग्रहण गरे । उनी खास नेपालका नेल्सन मण्डेला हुन् । पन्ध्र पुस र माघे सक्रान्तिमा प्रचण्डले पनि मगर र गुरूङकाे ड्रेस लगाए । के उनी मगर र गुरूङकाे ड्रेस लगाएकाेले मगर र गुरूङ बन्या हुन् र?

प्रचण्डले साेनाम ल्हाेसारमा तामााङ ड्रेस लगाए ।

यसकाे अर्थ पुष्प कमल दाहाल प्रचण्ड साेनाम ल्हाेसारमा तामाङ ड्रेस लगाएर तामाङ बनेकाे थिएन र हाेईन । उनले अहिले ग्रहण गरिरहेकाे प्रधानमन्त्री पद साझा भएकोले उनले मगर, गुरूङ र तामाङ जातिकाे सँस्कार र ड्रेसलाई सम्मान गरेका हुन ।

गाेरे बहादुर खपाङ्गीले पार्टी हाँकिरहँदा सँगसँगै उनि सामाजिक संस्था नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष पनि थिए । उनि चार चार पटक नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष भए । उनि अध्यक्ष हुँदा २०५५ सालमा प्रथम अन्तराष्ट्रिय मगर सम्मेलन गरि मगर जातिको धर्म बौद्ध धर्म हो भनि निर्णय गर्यो । व्यक्तिले मानोस या नमानोस तर मगरकाे संस्थागत धर्म बाैद्ध धर्भम हाे भनी निर्णय गर्याे । धर्म विहिन मगरलाई बौद्ध धर्म दियो । लिपी बिहिन मगरलाई अक्खा लिपी दियो । मगरको नाम पछाडी मगर लेख्नु पर्ने । जन्म र मृत्युमा मगर पुजारीले पुजापाठ गरिनु पर्ने । मगर समाजले दशैं परित्याग गरिनु पर्ने आदि आदि निर्णयहरु पारित गर्यो ।


गोरे बहादुर खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टीको ब्यानर मञ्चबाट कहिले दशैं बहिष्कार वा परित्यागको कुरा गरेनन् । किनकी उनको पार्टी धर्म निरपेक्ष पक्षधर थियाे। भुमिका(Role) अनुसार खपाङ्गीले मगर संघको केन्द्रीय अध्यक्ष हुँदा देशभर दशैं परित्यागको एजेण्डा शंखघोष गरेका थिए । नेपाल मगर संघकाे दशैं परित्यागकाे एजेन्डा नबुझेर मानिसहरूले जनमुक्ति पार्टीकाे एजेन्डा भनिदियाे । मानिसकाे विभिन्न भुमिका हुन्छ । एउटा पुरूष श्रीमतीको अगाडि लाेग्ने हुन्छ र छाेराछाेरिकाे अगाडि बाबा हुन्छ । श्रीमतीसँग गरेकाे कुरा साथिभाई र छाेराछाेरिसँग गर्न मिल्दैन ।


ज्ञानेन्द्रको शाहि कदममा प्रधानमन्त्रि हुन माधव नेपालहरु तयार भए । दाैरा सुरूवाल सिलाए । प्रधानमन्त्रीकाे लागि निवेदन हाले । दाम चढाए तर राजावादी भएन उनी । अन्य कम्युनिस्ट नेता ओलिहरु र कांग्रेस नेता देउवाहरुले दाम चढाए । तर उनिहरु महागणतन्त्रवादी भए । उनिहरु सुनपानी र गउँतले चोखिएझैं चोखिए । तर खपाङ्गी चोखिन पाएनन् जिवनपर्यन्त । अहिलेसम्म पनि उनलाई राजावादिकाे बिल्ला भिराई दिएकै छ ।

दौरा सुरुवाल नलगाउने र पृथ्वी नारायण शाहको शालिक तोड्ने माओवादि पार्टीका अध्यक्ष प्रचण्डले दौरा सुरुवाल लगाए । पृथ्वी नारायण जयन्ति भनि फेरी बिदा दिए । यसको मतलब खपाङ्गीले जुन समुदायको प्रतिनिधित्व गर्थे त्यो समुदायको जग अत्यन्तै कमजोर, अचेत र पिछडिएको छ । भने अर्कोतर्फ दाहालको सामाजिक धरातल खपाङ्गीको तुलनामा शिक्षित, सभ्य र सचेत छ । दाहालको समाजले आफै कुरा बुझ्छन् भने खपाङ्गीको समाजले दाहालको समाजले भनेपछि मात्रै कुरा बुझ्छन् र विश्वास गर्ने प्रचलन छ । आफ्नै चेतना र आफ्नै खुट्टामा उभिएर स्वविवेकले राजनीति गर्नुपर्छ भन्ने चेत बोकेका खपाङ्गीलाई उनकै समाजले चिन्न सकेन । बरु उनले सक्रिय राजनीति गरेको पार्टी राष्ट्रिय जनमुक्ति पार्टीलाई नै उत्पिडित समुदायहरूले आक्षेप लगाइ रह्यो ।


४. पार्टी अध्यक्ष र महासचिव नबने पछि पार्टी त्याग्ने प्रचलन

अध्यक्ष र महासचिव बन्न नपाउँदा धेरैले पार्टी छाडेको इतिहास छ । अहिले पनि एक नम्बर र दुई नम्बर पदाधिकारीमा अल्झिरहेको छ केन्द्रीय समितिका नेताहरू । जुनसुकै पार्टीमा गुट र उपगुट हुन्छनै । नेकपा एमालेमा ओलि र नेपाल विचको दुश्मन ज्यानि दुश्मन हो । ओलि बरु प्रचण्डसँग मिल्न तयार भयो तर ज्यानि दुश्मन नेपालसँग मिल्न तयार भएनन् । याे ओलि र नेपालकाे लागि दुर्दशा हाे ।
पार्टी जिवन्त राख्न यो हुनु पर्छ । तर पार्टी विगार्न हाेईन । आन्तरिक र अन्तर संघर्ष पार्टीभित्र हुन्छ । यस्ताे संघर्ष पार्टी, देश र जनताको हित र जितमा केन्द्रीत हुनुपर्छ । तर जनमुक्ति पार्टीमा गुट र उपगुट भएपछि एक आपसमा विचार बाझिने । विचार बाझिए पछि सक्नेले लखेट्ने र नसक्ने पार्टी छोडेर भाग्ने अवस्था रह्यो । फलस्वरुप स्थापनाकाल देखि धेरै जनाले पार्टी परित्याग गरे । गुट र उपगुटबाट टुट, फुट र छुट बाहेक केहि भएन ।

५. मंगोल नेसनल अर्गनाइजेसन जनमुक्ति विरोधी
मंगोल नेसनल अर्गनाइजेसन जहिले पनि राष्ट्रिय जनमुक्ति पार्टिको विराेध गरिरहन्छ । एमएनओले जनमुक्ति पार्टीलाई प्रधान दुस्मनकाे रुपमा चित्रण गर्छ । मंगोल नेसनल अर्गनाइजेसन काङ्ग्रेस र कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता र भोटरलाई प्रवेश गराउन सक्दैनन् बरू जनमुक्ति पार्टीको संगठित नेता कार्यकर्तालाई प्रवेश गराउँछन्। उनिहरूले जनमुक्तिका नेता कार्यकर्तालाई तपाईंहरू पहिला जय जनमुक्ति अब जय मंगोल बन्नुपर्छ भनी भ्रम छरेका छन् । जनमुक्ति र एमएनओ एउटै हो भनि भ्रममा पारि मंगोल नेसनल अर्गनाजेसनमा प्रवेश गराउँछन् । घरगाउँका जनमुक्तिका उम्मेदवार भएका नेताहरुलाई भेटे जनमुक्ति पनि बाहुनकै पार्टी हो । यसको माथि पनि बाहुननै छ । यो जनमुक्ति त पार्टीनै होइन भनि कुप्रचार गर्छन् । यसकाे धर्म र कर्म जनमुक्ति पार्टीलाई विराेध गर्नु हाे ।

राष्ट्रिय जनमुक्ति पार्टीले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भनेको छ । मंगोलले यसकाे नक्कल गरि बाहुन क्षेत्रीलाई विदेशी भगौडा भन्दा भन्दा अहिले थाकेर भाषा फेरेर ८० प्रतिशत अहिन्दु मंगोल भन्नु नै समानुपातिक हो भनि व्याख्या गर्न थालेका छन् ।

६. एक जाति विशेषको पार्टीको आरोप
राष्ट्रिय जनमुक्ति पार्टीमा जुन जाति सक्रिय हुन्छ । सक्रिय नहुने समुदायका व्यक्तिले जाति विशेषको पार्टी भनि दोषारोपण गरिरहन्छ । एक्लाे ज्यान पार्टीमा आउँछ । एक्लाे आउने नेताकाे नत परिवार नै नत छिमेकनै पार्टीमा आउँछ । उसकाे समाज र समुदाय जनमुक्ति पार्टीमा प्रवेश गर्ने विषय त धेरै परकाे कुरा । वास्तवमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भनेपछि केकाे जाति विशेषको पार्टी भनिरहनु? कतिपयलाई यो पार्टीमा मेराे जातिको बढि योगदान छ भन्ने आडम्बर र दम्भ नि हुनसक्छ । यो पनि पार्टीको लागि घातक छ । बहुजातीय सरकारको सपना बोक्ने पार्टीमा बहुजातिहरु नै सक्रिय नभएसम्म सफलता प्राप्त हुन सक्दैन । सबैले शंका र उपशंका दुर गुर्नपर्छ । दिल दिमागमा जातीय समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको भाष्य खडा गर्नु पर्छ । सबै क्षेत्रका जनता र समुदायमा गएर बहुजातीय लाेकतान्त्रिक समाजवाद भनेकाे केहाे बुझाउनु पर्छ र समिति गठन गरि प्रशिक्षित गर्नुपर्छ ।

अग्रजहरूकाे रिफरेन्स (Reference) र ईडिफिकेसन(Edification) गराैं

एकजना संघीय परिषद सदस्यज्युले अग्रजलाई सम्मान भएन, पार्टीले गति लिएन, सबैले पार्टी खुम्चिनु जिम्मेवारि लिउँ भन्ने आवाज राखि राजिनामा दिएका छन् । याे कार्य साेचनिय छ । गम्भिर छ । अग्रज एम. एस. थापा, गाेरे बहादुर खपाङ्गि र राम बहादुर तुम्बाहाम्फेहरूकाे फाेटाे पुज्नु पर्ने आवाज उठाए । जसरि एमएनओले गाेपाल गुरूङकाे फाेटाे पुज्छन् । उनले जबसम्म पार्टी जन्माउने पिताहरूलाई सम्मान नगरि अपमान गरिरहन्छ, भक्कु कुरा काटिरहन्छ तबसम्म पार्टी बढ्ला भन्दा झन झन घट्दै जानेछ भन्ने आवाज उठाएका थिए । र पछिका नेताहरूलाई पनि भविष्यका नेता कार्यकर्ताले अपमान गरिरहन्छ भनेका थिए । हाे वास्तवमा अग्रजहरूकाे सम्मान गर्नैपर्छ । ईडिफिकेसन गर्नैपर्छ । अग्रजहरूकाे भनाइकाे सन्दर्भ लिनै पर्छ । अग्रजहरूकाे व्यक्तिगत स्वभाव हाेईन उनिहरू लिएकाे विचार सहि थियाे कि थिएन बहस र छलफल गर्नुपर्छ ।

७.स्वतन्त्रको लहर
नयाँ दिल्लीबाट केजरीवालले सन् २०११ बट सुरु गरेको आम आदमी पार्टीले भ्रष्टाचार अभियान विरुद्ध कडा कार्यक्रम चलाए । यसको बाछिटा नेपालमा पनि परेको छ । उनले नयाँ दिल्लीमा भ्रष्टाचार विरूद्ध, अभियान, निशुल्क खानेपानी, निःशुल्क स्वास्थ्य, निशुल्क विद्युत, निशुल्क शिक्षा लगायत अन्य थुप्रै जनहित कार्य गरेर ख्याति कमाएको नेपालीहरुले पनि देखेका थिए । स्वतन्त्र उम्मेदवारहरूले पनि कतै केजरीवालले झैं पो गरिहाल्छ कि भन्ने जनताहरुको आँकलन छ ।
हुन पनि भारतिय काङ्ग्रेस पार्टी, भारतीय जनता पार्टीले गर्न नसकेको लोक कल्याणकारी राज्यको सुरुवात केजरीवालले नयाँ दिल्लीबाट सुरु गरे । सोसल मिडियामा पँहुच राख्ने नेपालीहरुले आपले गरेका लोककल्याणकारी कार्यहरुको प्रत्यक्षदर्शि भइरहेका थिए । फलस्वरुप यस पटक सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली नागरिकले काठमाडौं महानागरपालिकामा मेयर पदमा बालेन शाह र धरान उपमहानगरपालिका मेयर पदमा हर्क साम्पाङ राईलाई विवेक प्रयोग गरि भारी मतले विजयी गराई दिए ।
मेयर बालेन शाह र हर्ष साम्पाङकोे बछिटाले तमाम युवा पंक्तिमा पर्यो र भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई अकल्पनिय तरिकाले विजयी गराई दिए । यसको रुझान हेर्दा आम नेपालीहरु काङ्ग्रेस, एमाले र माओवादी पार्टी प्रति विश्वासको ग्राफ घटेको प्रष्ट हुन्छ । अहिले विजयी भएका स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेदवारहरुले अगामी संसदमा कस्तो क्रिया पस्किन्छ त्यसैमा उनिहरुको भविष्य अडेको छ ।

रबि लामिछानेको राजनीति झट्ट हेर्दा ६ महिनाको अवधिको देखिन्छ । यो सत्य हो । रबि लामिछानेको व्यक्तिगत राजनीतिक यात्रा ६ महिनाकै हो । हाे उनले २०७९ असार १७ राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएका थिए ।

रबिहरू वा बाहुनहरूकाे समय चरमाेत्कर्षमा छ । उनिहरूले बैंक चलाए नि चल्छ । हस्पिटल, स्कुल, कलेज युनिभर्सिटी चलाएनि चल्छ । हाेटल, मिडिया टिभि पत्रपत्रिका जे चलाएनि चल्छ ।

तर कामिले “बिक म:म: पसल” खाेले नबिक हाेला । “कामी म:म: पसल” खाेले बेकामि हाेला । राउटेले स्कुल खाेले चलाउन नसकेर ख्याउटे हाेला । परियारले “दमाई खाजा” चलाए कमाई नहाेला । यिनिहरूकाे अहिले समय आएको छैन । तर बाहुनहरूकाे राम्रो समय यहि हाे । किनकि जे कुराकाे पनि समय आउँनुपर्छ । अहिले रबि(बाहुन)हरूकाे चरमाेत्कर्षकाे समय हाे । चरमाेत्कर्श्चाषत हुने त स्खलननै हाे । तर अब सबै मिलेर बस्नुपर्छ । बदलाकाे भावना लिनुहुँदैन ।


यति छोटो समयमा, भातृ संगठन बिना, पार्टी संगठन बिना पनि चौंथाे पार्टी बनाए । र आफू गृहमन्त्री हुँदै उपप्रधानमन्त्री भए । यो उनको खुबिकै कुरा हो । उनले चुनाव जित्नुमा उनकाे टेलिभिजनको यात्रा पनि प्रमुख कारक हो । यति मात्रा नभई उनले टिभीमा कार्यक्रम चलाउँदा सिधाकुरा जनतासँग कार्यक्रम चलाए । र विदेशी भुमिमा बिचल्लीपरेका महिला दिदीबहिनी र पुरूष दाजुभाइलाई
उद्धार गरे । राष्ट्रिय मिडियामा बसेर भ्रष्टहरूको सेखि झारे । उनले गरेका कामहरू नेपाली जनताले प्रत्यक्ष देखिरहेका थिए । यसको फलस्वरूप उनले भारि मतले चुनाव जिते । प्रचण्ड पनि रबिसँग डराएर त्यस क्षेत्रबाट भागि उत्तरि भेग गोरखा उक्ले ।
यी सबै टेलिभिजनमा काम गरेको कारणले मात्रै हो त? यतिकै आधारमा रबिले साधरण व्यक्तिबाट देश हाँक्ने छवि बनाएका होईनन् ।

(क) रबिको राम्रो छवि र खुबि कसरी आयो?

रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी बिजयी हुनुका कारणहरु;
अ) रबि लामिछानेले लामो समय मिडियामा काम गरे । उनले मिडियामा काम गर्दा ज्यादतिको बारेमा बोले । विदेशमा अलपत्र परेका नेपाली दिदीबहिनी तथा दाजुभाईको उद्धार गरे । सिधा कुरा जनतासँगको कार्यक्रम मार्फत नेपालमा व्याप्त बेथितिको पर्दाफास गर्न कोसिस गरे । याे सर्हानिय काम थियाे ।
आ) रवि लामिछाने अमेरिकामा बसेर फर्केकोले नेपाली जनताले विश्वास गरे । किनकि कतिपय नेपालका जनताहरुको सपनाको देश अमेरिका पनि हो । यदि अमेरिकाले महिनाको ५ देखि १० लाख दिन्छु आउ नेपाली भने लगभग नेपालनै खाली हुने छ । यस्ताे देश छोडि आएर आफ्नो देशलाई माया गरेको राष्ट्रप्रेम देखाए रविले ।
इ) स्वतन्त्रको लहर चलिरहँदा रविले पार्टीकै नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखि पार्टी दर्ता गरे ।
ई)चुनाव चिन्ह फेसबुकको सूचना(Notification Icon) को लोगो नै प्रयोग गरे । फेसबुक हेर्ने जमातले नोटिफिकेशन जुनसुकै .व्यक्तिले हेरिरहेको हुन्छ, थिचिरहेको हुन्छ कसकसले लाईक, कमेन्ट र शेयर गरेको छ भनेर ।

र अर्काेतिर धर्मावलम्बीले घण्टी सधैं बजाई रहेकाे हुन्छ ।
उ) रबि लामिछानेका समुदायले ऋगवेदलाई आधार मान्दा १५०० बि.सि. अर्थात् ३५०० वर्ष अघि देखि शिक्षा लिएको देखिन्छ । भने कतिपयले त ६००० वर्ष अघि देखि शिक्षा लिएको दावि गर्छन् । रविका हजुरबाहरुले घरगाउँमा गएर खुट्टा ढोगाए, खेतबारीमा जोताए । उनका पितापुर्खाहरुले हिन्दुधर्ममा आधारित पुजापाठ गर्न पठाए । दौरासुरुवाल लगाउन र खस भाषामा नाच्न गाउन लगाए । यति लामो इतिहास छ रवि लामिछानेको । त्यतिकै रवि रवि बनेका होइनन् ।


ऊ) कानुन वा संविधान रवि लामिछानेको अनुकुल छ


वि. सं. १९१० मा लिखित मुलुकी ऐन दत्त गुठीको १७ पेजमा लामिछानेका समुदायहरुलाई हिदुँः राज्य गोहत्या नहुन्या स्त्रिहत्या नहुन्या व्रह्महत्या नहुन्या भनि लेखिएको थियो । अन्यलाई मासिने र नमासिने मतवालीमा बाँडिदियो । लामिछानेका समुदायल पढ्न लेख्न पाए तर अन्य आदिवासी, मधेसि, मुस्लिम र दलित समुदायले पाएन ।
वर्तमान नेपालको संविधान २०७२ ले

धारा ६ ले राष्ट्रभाषा: नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।
७) सरकारी कामकाजको भाषा: (१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । भनि उल्लेख गरिएको छ । यसको अर्थ रवि लामिछानको भाषालाई सरकारी कामकाजको भाषा, पठनपाठन र अध्ययनअध्यापानको भाषाको रुपमा मान्यता दिएको छ । तर अन्य भाषाले मान्यतापाएको छैन ।
धारा ६ ले नेपाल बोलिने १२३ भाषालाईनै राष्ट्रभाषाको मान्यता दिएको छ । राष्ट्र भाषाको मान्यता प्राप्त गर्न विद्यालय देखि विश्वविद्यालयसम्म अध्ययनअध्यापन र पठनपाठन हुनुपर्दछ । राष्ट्रिया मिडिया, छापा मिडिया आदिमा प्रसारण हुनु पर्दछ । तर बिना पूर्वाधार नेपालका बोलिने १२३ भाषालाई राष्ट्र भाषा मान्यता दिनु भनेको ३ करोड नेपाली जनता अरबपति हुन् भने सरह हो । अरब पति हुन उद्योगधन्दा, कलकारखाना, होटल व्यवसाय, बैंक, मिडिया, हस्पिटल, विद्यालय आदि हुनुपर्दछ ।
धारा ७ को उपधारा(१) देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ । यसको अर्थ सम्बोटा लिपिमा लेखिने तामाङ भाषाले सरकारी कामकाजको भाषाको मान्यता नपाउने भयो । यसरी नै अक्खा लिपिमा लेखिने मगर भाषा, श्रृजङ्गा लिपिमा लेखिने राइलिम्बु भाषा, खेमा लिपिमा लेखिने गुरुङ भाषा, रञ्जना लिपिमा लेखिने नेवार भाषाले सरकारी मान्यता नपाउने व्यवस्था गरेको छ ।


यसरी धारा ६ ले नेपालका १२३ भाषालाई राष्ट्र भाषाको स्थान दियो तर धारा ७ को उपधारा (१) नेपाली खस भाषा र देवनागरि लिपिलाई मात्र सरकारी कामकाजको भाषा मान्यता दियो । यसको अर्थ नेपालका ३ करोड जनता अरब पति हुन् भनि ६ ले भन्यो र नेपाली जनताको करेला जत्रो नाक घेरौंला जत्रो बनाइ दियो । तर धारा ७ को उपधारा (१) ले नेपालको अरबपति विनोद चौधरी मात्रै हो भनि व्याख्या गरि दियो ।
ऐ) धर्मशास्त्र पनि लामिछानेकै पक्षमा


मनुस्मृतिमा भनिएको छ
लोकानां तु विवृद्धयर्थ मुखबाहुरुपादतः ।
ब्राह्मण क्षत्रियं वैश्शुयं शूद्रं च निरवत्र्तयत् ।।३१।।

संसारको वृद्धिका लागि ब्रह्माजीले आफ्ना, मुख बाहु, तिघ्रा र पैतलाबाट क्रमशः ब्रह्मण, क्षत्रिय, वैश्य र शुद्रलाई उत्पन्न गर्नुभयो ।

मनुस्मृतिमा रबि लामिछानेहरू ब्रह्माको मुखबाट उत्पति भए । अन्य जातिहरु कुम, पाप योनी र पैतालाबाट उत्पति भएको जनाएको छ । पानी चल र अचल जाति, मासिने र नमासिने जातिमा विभाजन गरियो । रवि लामिछानेहरु घरभित्र र घरको आँटिमा गएर भोट माग्न सक्छन् तर पाप योनी र पैतलाबाट जन्मेका दलित, आदिवासिले घर भित्र त के पिंढि र आँगनमा गएर भोट माग्न सक्ने अवस्था पनि छैन र सक्दैनन् ।

८. जुन समुदायको लागि राजनीति गरेकाे छ त्यहि समुदायलाई चासो छैन
राष्ट्रिय जनमुक्ति पार्टीले विभेदकारि धर्मग्रन्थले सिर्जना गरेको ठूलो जात र सानो जातीको भाष्य(खाडल) मेटाउन प्रयासरत पार्टी हो । यसको लक्ष्यनै पिंध र फेंदमा परेका जातीय समुदाय मधेशी, दलित महिला, मुस्लिम, आदिवासी, पिछडिएका क्षेत्रका बासिन्दाहरुले देश हाँक्न सक्छन् । पार्टी चलाउन सक्छन् भन्ने भाष्य(मान्यता) स्थापित गर्न खोजिएको हो । भ्रष्ट, बैमानि र खराब राजनीति होइन इमानदार, कर्तव्यनिष्ठ र जिम्मेवार राजनीति गर्नुपर्छ भन्ने मान्यताको लागि लडेको पार्टी हो । तर यहि पार्टीलाई फेंद र पिंधमा परेका समुदायहरुले पत्याएनन् । विश्वास गरेनन् । कुरा बुझाउन नसक्नु हाम्रो पनि कमजोरी रह्यो ।

९. जनमुक्ति पार्टीले नाम फेर्ने मति होइन काम गर्ने गति फेर्नुपर्छ

टाेयाेटाकाे लाेगाे


टाटा कम्पनीले यस्तो “A” लेख्न नजानेर यस्तो ए (^) लेखेको होइन । नाइकीले, टोयोटाले केएफसिले ब्राण्ड बनाउन धेरै समय, श्रम र लगानी गर्नु पर्यो । ब्राण्ड बन्न समय लाग्छ । समय साथ साथ समर्पित र गुणस्तरमा पनि ध्यान दिनु पर्छ । सेवा समयभित्रनै हुनुपर्छ । आलटाल गरिनु हुँदैन ।
अहिले जनमुक्ति पार्टीको नाम नेपालकै विशाल जनमुक्ति पार्टी राखे पनि वा नेपालको एक नम्बर जनमुक्ति पार्टी राखेपनि यो एक नम्बर तत्कालै बनि हाल्दैन । एक नम्बर बनाउन त ईमानदार, जिम्मेवार, जवाफदेही र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ । खट्नु पर्छ । डट्नु पर्छ । जनता र देशको समस्या समाधानमा ध्यान दिनुपर्छ । नेता कार्यकर्ताले गहिरो अध्ययन गर्नुपर्छ । जनतालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू सहि, सत्य र तथ्यका आधारमा आवश्यकता अनुसार बुझाउनु पर्छ ।


रारा चाउचाउ सुरुकै चाउचाउ हो । यसको विरुद्धमा वाईवाई र अन्य चाउचाउ आए । वाईवाई र अन्य चाउचाउले मार्केट लियो । तर राराको आफ्नै बजार छ । हाम्रो नेपालको गरिब मानिसको नाउँ बिल गेट्स राख्दैमाा उ बिल गेट्स बन्दैन । विल गेट्स बन्न त बिल गेट्सले जस्तै जोखिम काम गर्नुपर्छ ।


हिजो साझा बस बेस्सरी चल्थ्यो । पछि फेरी हरायो । अहिले उसले कार्यनीति र कार्यशैलि फेरेर आएको छ । लोकल यातायताको बसहरूमा साझा बस नेपालकै विशाल बस हो । अरु बसले १२ किलोमिटरको ६० रुपैंया लिन्छ भने साझा बसले ३० रुपैंया मात्र लिन्छ । स्टाफहरु ड्रेसमा बस्छन् । रफटफ बोल्दैनन् । बोलिबचन राम्रो छ अन्य सार्वजनिक गाडिका कर्मचारीको तुलनामा । अन्य गाडि रोकिन्छ स्टेसन पिच्छे तर साझा रोकेर बस्दैन । साझाले चढाउने र ओराल्ने मात्रै हो । जनमुक्ति पार्टीले पनि कार्यशैली फेर्नु पर्छ ।


१०. एकिकरण फापेन
राष्ट्रिय जनमुक्ति पार्टीले एकिकरण गर्दा पार्टीलाईै नै क्षति भएको छ । पार्टी एकिकरण गर्दा सानाासँग गर्दा साना पार्टीका नेताहरुले राम्रो पद नपाइएला जनमुक्ति पार्टीसँग भन्ने डर छ भने अर्कोतर्फ जनमुक्तिले ठूला दलसँग एकिरण गर्दा जनमुक्तिकै नेताहरुले सम्मानित पद नपाइएला भन्ने डर छ । नेपाली उखानै छ गहना लगाउनेले आफुलाई नपत्याउने । गहना नलगाउनेलाई आफुले नपत्याउने जस्तै भएको छ । अहिले त एकिकरणकाे लागि फेसबुकमा जागिरकाे विज्ञापन(Wanted) फाले झैं फाल्छ जनमुक्तिले । एकिकरण प्रक्रिया पनि सम्मानजनक तरिकाले गर्नुपर्ला नि!

कसैको बैंकमा ६० लाख छ भने मेरो ६ सय रुपैंया मिसाएर ३०/३० लाख बाँडौ भन्दा कस्तो होला ? ६० लाख कमाउन त ईमानदारपुर्वक काम गर्नु पर्लानि । ठूला पार्टीसँगकाे एकीकरण यस्तै भएको छ । के याे न्यायसंगत होला । साँच्चिकै जातीय मुक्ति चाहेकाे हाे भने पहिचानवादि दलहरू (पदकाे मामला बाहेक) जनमुक्तिसँग बिनासर्त एकीकरण गर्न तयार हुनुपर्छ । सानाे चित्तले बाेसाे पाक्दैन । ठूलाे मन गरेर सबै मिलाैं । जनमुक्तिसँग जनमुक्ति विचारधारा छ । अन्य दलसँग यस्ताे विचारधारा छैन । मिलाैं मित्रहरू सधैंकाे लागि ।

११. सत्ता विहिन सिमान्तकृत र किनासाकृत समुदायको चेत खुलेन
ठूलो संख्यामा रहेका उत्पिडित जातीय समुहको राजनीतिक चेत खुलेकै छैन । काङ्ग्रेस र कम्युनिष्टमा लागेका आदिवासि, दलित, मधेसि र मुस्लिमहरु देउवा, ओलि दाहाललाई खुसि पर्दैमा ठिक्क छ । यि समुदायका नेताहरुले ओलि, दाहाल र देउवासँग आफुहरु जातीय शोषणमा परेको । आफ्नो भाषा, धर्म, सँस्कृति दिनानुदिन मरिरहेको कुरा ठाडो सिर गरेरै राख्न सक्दैनन् । बडो डर लागि लागि बोल्छन् । कतै ३० वा ४० वर्षको राजनीतिक जिवनमा कारबाहि गरिदियो भने भनेर डर छ । अनि कसरी मुक्तिको सास फेर्ने आँट गर्लान र ।

काङ्ग्रेस, एमाले र माओवादी पार्टीमा लागेका आदिवासि, दलित, मधेसि र मुस्लिम नेताहरु आफ्नो समुदायमा आउँदा नेता र पार्टीमा जाँदा केटा हुन् । यिनीहरुले समुदायको अधिकारलाई तिलाञ्जली दिएर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्छन सांसद मन्त्रि र राजदुत बनेर । यी सास भएका लासहरुलेनै जनमुक्ति पार्टीका नेता कार्यकर्तालाई खिज्याईरहन्छन् ।बरु जनमुक्तिलार्ई विश्वाविद्यालय मान्नु पर्ने थियो यिनीहरुले । किनकि यहि पार्टीले गर्दा नै आज उनिहरुले पार्टीमा भाग पाएका छन् ।

बाँकि घाँसदाउरा मेलापात गर्ने, देशविदेशमा कुल्लि काम गर्ने भुँई मान्छेकाे के कुरा गर्नु छ र! उनिहरू त घरगाउँका भुँईफुट्टा नेता, गाडि, ट्याक्टर बाईक भएका मानिसले भनेकाे मान्छन् । दाेकाने काकाले, माष्टर दाई मुखिया मामाले भनेकाे मान्छन् । सुबेदार र लप्तान बाजेले जे भन्छन् त्यहि मान्छन् ।

बराबिचरा ति गाउँका साेझा मान्छेहरूले भुँईफुट्टा नेता, गाडि, ट्याक्टर बाईक भएका मानिसहरू, दाेकाने काका, माष्टर दाई, मुखिया मामा, सुबेदार र लप्तान बाजेले भनेकै पार्टी र चिन्हमा भाेट हाल्छन् । तिनले भनेकाे चिन्न्हमा भाेट नहाले ती गाउँलेले गाराेसाराे र अप्ठ्यारो पर्दा सयकडा ५ रूपैयाँ ब्याजमा पैसा सापटी नि पाउँदैनन् ।

१२. जनमुक्तिका नेता कार्यकर्ताले पार्टीले गरेको राम्रो कामको प्रचार प्रसार गर्न नसक्नुु
राष्ट्रिय जनमुक्ति पार्टी यो धर्तिमा नजन्मेको भए सायद वडा अध्यक्ष त के वडा सदस्य देखि प्रधानमन्त्रि र राष्ट्रपतिसम्म सबै एकै नश्लका हुने थिए । एउटै जातिकाे राज हुने थियाे । दलित आयाेगमा हालसम्म एकजना दलित सचिवकाे नाम नपर्दा दलितहरूले बिराेध गरे । याे शक्ति दिएकै जनमुक्ति पार्टीले हाे चाहे नाम सुनाेस नसुनाेस ।

जनमुक्ति पार्टी अनवरत रुपमा ३३ वर्षदेखि कराई रहँदा रहँदा बल्ल सेनामा, प्रहरीमा, शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियरमा आदिवासि जनजाति, मधेसि, दलित, मुस्लिम, महिला र उत्पिडित क्षेत्र वर्गका समुदायको लागि.नाम मात्रकाे भएपनि कोटा छुट्याइएको छ । यहि कोटामा धेरै दलित, मधेसि, आदिवासि, थारु, मुस्लिम महिलाहरुले शिक्षक भएर जागिर खाएका छन् । पुसिल भएर जागिर खाएका छन् । सेना भएर र कर्मचारी भएर जागिर खाएका छन् । हुँदा हुँदा अहिले निर्वाचन अयोगले बल्ल बल्ल सुनेर आंशिक रुपमा भएपनि दलित, महिला र आदिवासि लगायतले स्थानीय, प्रदेश, संघीय निर्वाचनमा भाग लिन पाएका छन् । यसरी आदिवासि जनजाति, मधेसि, दलित, मुस्लिम, महिला र उत्पिडित क्षेत्र वर्गका समुदायलाई निर्वाचनमा भाग लिन र जागिर खान आत्मबल दिएकै जनमुक्ति पार्टीले हाे । जोश र जाँगर दिएकै राष्ट्रिय जनमुक्तिले हो ।

१३. विगतदेखि वर्तमानसम्म रूप फरक तर सार एउटै

हिजाे हामिले पराजुलि, पाैडेलहरूकाे खेतबारिमा काम गर्न जान्थ्याैं बिना ज्याला(निमेक)मा । हिजाे खेतबारीमा जाेत्थ्याैं, खन्थ्याैं र खेतीपाती गाेडमेल गर्थ्याैं । हाम्राे शारीरिक बल नष्ट हुन्थ्याे । बाहुन हरूले घरगाउँमै बसेर आदिवासीलाई जाेत्थे । तर अहिले सिंहदरबारमा बसेर जाेत्छन् । पार्टी खाेलेर जाेत्छन् । बैंक, कलेज, मिडिया, हस्पिटल, यातायात, एअरवयज, हाेटेल खाेलेर जाेत्छन् । रूप फेरिएको छ । रूप गाउँबाट शहर भएकाे छ । खेतबारीबाट पार्टी, बैक, कलेज, हस्पिटल, मिडिया हाउस, हाेटेल माेटेल भएकाे छ । जाेत्नेहलि त त्यहि हिजाेकै आदिवासी मानिसहरूनै हुन् ।

निष्कर्ष

सबै भाषा समान छन् । भाषा सानाे ठूलो हुँदैन । सबै जाति समान छन् । जाति सानाे ठूलाे हुँदैन । सबै जातिहरू जनमुक्तिमा गाेलबन्सद हाेअाैं । सबै मिलेर बसाैं । जनमुक्तिकाे विकल्प छैन याे देशमा । कि जनमुक्तिलाई अँगाल्नु पर्याे कित यसकाे सिद्धान्तलाई ।

जनमुक्ति पार्टी बहुजातिकाे सरकार, बहुभाषिक सरकार, बहुपहिचान, सहअस्तित्व, धर्मनिरपेक्षकाे सहि व्यावहारिक कार्यान्वयनकाे माग गर्छ । तर रबि लगायत अन्य दलहरू अन्तमा गाईवादि, दाैरासुरूवालवादि, हिन्दुवादि, खसवादि, राजावादि, एकात्मकवादि, नश्लवादिकै पक्षपाेषण गर्दछ । चेतना भया ।

5 0
Happy
Happy
60 %
Sad
Sad
0 %
Excited
Excited
40 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %