
माघ १०, २०७९
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कर्णाली प्रदेशमा मन्त्रालयको भागबन्डामा सहमति मिलेको छ । मंगलबार बसेको बैठकले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय अंशबन्डामा छिनोफानो गरेका छन् ।
माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय सहित सहमति गरेका छन् । हेर्औ कुन पार्टीलाई कुन कुन मन्त्रालय परेको छ ।
माओवादी केन्द्र :
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय
एमाले :
१) आर्थिक मामिला तथा योजना मन्त्रालय
२) सामाजिक विकास मन्त्रालय
३) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
