
यस तस्विरलाई “The vulture and the little girl” नाम दिईएको थियो । यस तस्विरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ । यो तस्विर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए र उक्त फोटोबाट उनले पुलित्जर पुरस्कारबाट सम्मानित पनि भएका थिए । तर, कार्टरले त्यस सम्मानको आनन्द धेरै दिन लिन भने पाएनन्, किनकि उक्त फोटो खिचेको केहि महिना पछि ३३ वर्षको उमेरमा उनले आत्महत्या गरेका थिए ।
किन गरे त आत्महत्या?
निसन्देह, जब उनि पुरस्कारबाट सम्मानित भए र खुसीयाली मनाउँदै थिए, उसबखत दुनियाभरका सञ्चार माध्यममा उनकै चर्चा भईरहेको थियो । यसै प्रख्यातिको माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो -“त्यसपछि त्यो बालिकाको के भयो ?” उनले जवाफ फर्काए -त्यसपछि म त्याँहा रोकिईँन, किनकि मेरो फ्लाईट डिले हुँदैथियो । उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनितर्फ इङ्गित गर्दै भने -” म तपाईँलाई भनिरहेकी छु कि त्यसदिन त्यँहा दुईवटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो।” फोटो पत्रकार करविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा अवसादमा पुगेर आत्महत्या गरे ।
त्यसैले कुनैपनि स्थितिमाकेहि कुरा हाँसिल गर्नुभन्दा पहिले मानवता जगाउनुपर्दछ । ती बालिका र कार्टर आजपनि जीवित रहन्थे, यदि उनले ती बालिकालाई उठाएर युनाइटेड नेशनको फिडिङ्ग सेन्टरमा पुर्याईदिएको भए, जहाँ पुग्नका लागि बच्चा कोसिस गरिरहेकि थिईन्।
त्यसैले जब कुनैपनि मौका पर्छ, त्यस्तो परिस्थिमा फोटो खिच्नको सट्टा मद्दत गर्ने कोसिस गर्नुस् । अचेल दु:ख, दर्द, पीडा, गरिवि, घाइते, विरामीलगाएतका फोटो खिचेर सामाजिक सँजालमा मालामाल हुनकै लागि अपलोड गर्ने गरिन्छ ।सहयोगको पुकारका लागि अनेकौँ उपायहरु अपनाएको देखिन्छ ।
एक हिसावले भन्ने हो भने मान्छेका अभाव, पीडा, व्यथा, दर्द आदिलाई सस्तो मजाक बनाईएको छ, कमाई खाने भाँडो बनाईएको छ, तर त्यस्तो फोटो/ भिडियो खिचेर मालामाल हुनु खोज्नेहरुले भने फिटिक्कै सहयोग गरेको देखीँदैन ।
त्यसैले:- सोच बदलौँ, मानवता सहितको सामाजिक उत्तरदायित्व पनि वहन गरौँ ।
साभार: सामाजिक संजाल