राहदानी छपाइ समस्या दुई दिनमै समाधान हुने

Read Time:3 Minute, 31 Second

२१ पुस २०७९, बिहिबार

काठमाडौं,
राहदानी छपाइ समस्या दुई दिनमै समाधान हुने राहदानी विभागले जनाएको छ। विभागका प्रवक्ता दुरपदा सापकोटाले पुस १७ गतेदेखि आएको प्राविधिक समस्या समाधानको दिशामा गइसकेको र प्राविधिक कारण राहदानी छपाइमा देखिएको समस्या बिहीबार आंशिक समाधान भएको जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको पहलमा बुधबार प्रधानमन्त्री कार्यालको प्राविधिक टोलीले त्यहाँको समस्याबारे जानकारी लिन पठाएको थियो। यसलगत्तै सफ्टवेयर कम्पनीका प्राविधिकसँगसमेत प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले बिहीबार भिडियो कलमार्फत् कुराकानी गरेकाे र प्रधानमन्त्रीले चासो दिएको बताएपछि कम्पनीले भारत र मलेसियाबाट प्राविधिक नेपाल पठाइसकेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जनाए ।

राहदानी विभागका प्रवक्ता सापकोटाले, ‘केही मिडियामा राहदानी वितरण नै रोकियो भन्ने खालका समाचार आएका छन्। तर हामीले दिने सेवा भने कुनै दिन रोकेका छैनौँ। पहिले बनिसकेका राहदानी भने वितरण गरिरहेकै छौँ। १७ गतेपछि दैनिक पाँच छ सयको हाराहारीमा मात्र राहदानी छापिएको छ।’

फारम स्वीकृत गरेकाे सेवाग्राहीको मोबाइलमा सूचना जाने सिस्टमले काम गर्न छाेडेकाे कारणले समस्या उत्पन्न भएको छ। अन्य कारणले राहदानी छपाइमा समस्या नरहेको प्रवक्ताले बताए । प्रवक्ता सापकोटाले ‘केही दिन पहिले देखिएको समस्या राहदानी छपाइमा भएको होइन। राहदानीका लागि लिइएका फारम स्वीकृत गर्ने सिस्टममा समस्या देखिको थियो। तर, बाहिर छपाइमै समस्या देखियो भन्ने प्रचार गएको छ,’ भनेका छन् ।

सापकोटाकाे भनाइ अनुसार राहदानीका लागि फारम लिने, दस्तुर बुझाउने र फोटो खिच्ने काम भने कुनै दिन नरोकिएको बताए । उनले भनेका छन्, ‘अबको एक दुई दिनमा राहदानीको फारम स्वीकृत गर्ने प्रविधिमा देखिएको समस्या पूर्णरुपमा समाधान हुन्छ। त्यसपछि कर्मचारीलाई बिहान र बेलुुका राखेर भए पनि राहदानी पूर्ण क्षमतामा छाप्छौँ।’

दैनिक छ हजारको हाराहारीमा राहदानी छाप्दै आएको तर अहिले सिस्टममा समस्या आउँदा दैनिक पाँच–छ सयको हाराहारीमा मात्र राहदानी छापिएको राहदानी विभागले जनाएको छ । राहदानी छपाईमा देखिएको समस्या समाधानका लागि फ्रेन्च कम्पनी आइडिमियाको टोलीले हेहिरहेको र केही दिनमै समस्या समाधान हुने प्रवक्ताकाे भनाइ छ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %