त्रिवि विद्यार्थी कल्याण परिषद्ले स्ववियु चुनाव चैत ५ मा गर्ने प्रस्ताव

Read Time:1 Minute, 40 Second

२०७९ पुष २१ गते
राज्यसत्ता संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने प्रस्ताव गरेको छ ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्ने र बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ ।

निर्वाचन तालिका एकसाता भित्र सार्वजनिक गर्ने उनले बताए । अधिकारीले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ ।’

२०६५ सालदेखि स्ववियुकाे नियमित चुनाव हुन सकेको छैन । स्ववियु चुनाव नभएको १४ वर्ष भईसकेकाे छ । त्रिभुवन विश्वविद्यालयकाे ६२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव हुनेछ । चुनाव भएमा नयाँ विद्यार्थी नेताहरू चुनिनेछन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %