मगरकाे नयाँ वर्ष माघ्या सकराटि उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डलाई मगर पाहुर(कोशेली)ले निम्ताे

Read Time:3 Minute, 41 Second

२० पुस २०७९
राज्यसत्ता संवाददाता

काठमाडौं

‘मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव-२०७९’ पुस २९, ३० र माघ १ गते टुँडिखेल काठमाडौंमा सम्पन्न हुने भएको छ। तीन दिन चल्ने माघ्या सकराटि उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मगर पाहुर(कोशेली) सहित निम्तो दिईएकाे नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी गराए ।

माघे सकराटि मगरकाे प्रमुख चाड हाे । वास्तवमा याे मगरकाे नयाँ वर्ष हाे । प्राकृतिक रूपमा सुर्य दक्षिरायणबाट उत्तरायण हुँदै जान्छ । अर्थात छाेटाे दिनबाट लामाे दिन र जाडाेबाट गर्मि माैसम सुरू हुने समय हाे । माघबाट हिंउदकाे समय सिद्धिएर खेतीपातीकाे माैसम सुरूहुने समय हाे । माघे सकराटिमा पाठे भाईकाे आलाेपालाे मिलाउने समय हाे । पाठेभाईले वर्षदिन भर मर्दापर्दा घट्दाेबढ्दाेमा सुचना दिने काम गर्दछ । हरहिसाबकाे लेनदेन व्यावहार फर्स्याैट गर्ने र नयाँ रकम लगानि गर्ने चाड हाे । याे चाडमा पितृ स्मरण गर्दछ । चेलीबेटिलाई निम्तो गरेर घरमा बाेलाई मिठाे खान्किले स्वागत गर्दछ । यश पटक नेपाल मगर संघले ‘मगरात सभ्यताको संरक्षण–संवर्द्धन गर्दै पुस्तान्तरण गरौं । मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं । मूल नारा तय गरिएको छ ।

मगर जातिको मौलिक नाचहरु ; घाटु, कौरा, हुर्रा, सोरठी, मगर भूम्या/भूमे, पैसेरु, सारङ्ग्या, सालैजो्, ठाडो भाका (तेर्साे भाका, झामर्या), नचरी, मारुनी, मयुर नाच र झाँक्री नाँच’ प्रदर्शन गरिनेछ । यस अवसरमा मगर जातिको परम्परागत खेल छेलो र धनुषवाण(कैंबर) प्रतियाेगिता हुनेछ । धनुषवाणको प्रथम पुरस्कार रु.३०,०००/- रोल्पा थवाङ्का स्थाई बासि हाल साउदी अरब कार्यरत विपिन झाँक्री मगरले प्रायाेजन गर्नु भएको छ । भने द्वितीय पुरस्कार रु.२०,०००।– म्याग्दीका हाल दक्षिण कोरिया कार्यरत मनु रोकामगरले र तृतीय पुरस्कार रु.१०,०००।– मगर संसार फोटो ग्यालरी अनलाईन ग्रुपले प्रायाेजन गरेका छन् । छेलो खेलमा (महिला र पुरुष समूह)को प्रथम पुरस्कार रु.५०००।–, द्वितीय पुरस्कार ३०००।– र तृतीय पुरस्कार रु.२०००।– गरी एकमुष्ट रु.२०,०००।– रकम उदयपुर, कटारी–३ निवासी, नेपाल मगर संघका केन्द्रीय सदस्य राजु मगरले प्रायोजन गरेकाे नेपाल मगर खेलकुद संघको केन्द्रीय अध्यक्ष निरज पुनमगरले बताएका छन् ।

मगरहरुको परिकारकाे लागि सयभन्दा बढी व्यापारिक स्टलहरु राखिने छ । संघका उपमहासचिव होमराज खपाङ्गीमगरका अनुसार ३/४ दिनभित्रै स्टल बुकिङ खुला गरिने जनाएका छन्।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %