
पुस २०, २०७९
राज्यसत्ता संवाददाता
वर्तमान सत्ता गठबन्धन पदखाेरहरूकाे पदकाे लागि मात्रै गठबन्धन भएको काङ्ग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । उनले भने ‘अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ । त्यहाँ पदमात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो’ ।
यस्तै उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए ।
चुनावी गठबन्धनवालाहरूकै सरकार बनाउन छलफल भईरहेकाे बेला अन्तिम समयमा प्रचण्डले प्रधानमन्त्री पदकाे लागि एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाए । अन्तिम समयमा प्रचण्डले दिएकाे धाेका बारे विश्लेषण भइरहेको र यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको महतले बताए ।
