
१९ पुस २०७९
राज्यसत्ता संवाददाता
काठमाडौं, पुस १९ गते ।
राहदानी वितरण विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण कार्य बन्द भएको छ । निर्देशक द्रुपदा सापकोटाले सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएकोले अर्को सूचना जारी नभएसम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।
निर्देशक सापकोटाद्वारा जारी गरिएको सूचनामा यहि पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आएको जनाएका छन् ।
तर राहदानीकाे लागि बायोमेट्रिक ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीले भने तोकिएकै मितिमा उपस्थित हुन सूचना जारि गरिएको छ ।

