
पुस १९, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयकाे अनुमगन गरेका छन् ।
मन्त्री श्रेष्ठले सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले दुःख र सास्ती व्यहोर्नुपरेको गुनासो सुनिरहेकाेले एकान्तकुना, ठूलोभर्याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गरेका हुन् ।
मन्त्री श्रेष्ठका अनुसार यातायात व्यवस्था सुधारकाे लागि सरकारले प्रदेश सरकारसँग छलफल गरिरहेको बताए ।
