राष्ट्र बैंकले विश्वसयाेग्य नभएको भनि घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण राेक्याे

Read Time:3 Minute, 43 Second

१४ पुस २०७९, बिहिबार
१ घण्टा पहिले
नेपाल राष्ट्र बैंकले विश्वसनीय तथ्याङ्क नभएकाे भनी घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न राेक्का गरेको छ। गत वर्ष मंसिरदेखि तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने कार्य सुरु गरिएको थियाे । हाल साे सर्वेक्षण रोकिएको छ ।

घरजग्गा सर्वेक्षण तथ्यांक विश्वसनीय नभएकाेले राेकिएकाे केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताएका छन् ।

कार्यकारि निर्देशक श्रेष्ठले “सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा भएको कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्ररूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएका थियौँ”, भनेका छन् । श्रेष्ठले, “अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन। बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो।” बताएका छन् ।

घर जग्गाकाे व्यावसायिक र प्रतिस्पर्धात्मक नभएकाेले मूल्यमा उतारचढाव भएकाे राष्ट्र बैंकको ठहर छ। काराेबारिहरूले धितो मूल्याङ्कनका गर्दा कारोबार मूल्य बढी देखाउने तर कर तिर्दा धेरै लाग्छ भनी मूल्य कम देखाउने षरेकाे निर्देशक श्रेष्ठको भनाइ छ।

मालपोत कार्यालयले घरजग्गा व्यावसायबाट कर र पूँजीगत लाभकर लिँदै आएको छ। घरजग्गा काराेबारमा कम देखाउनुकाे मूल कारण धेरै मूल्य देखाउँदा खरिदकर्ताले तिर्नुपर्ने कारोबार कर बढी हुन आउने र बिक्रेताले तिर्नुपर्ने पुँजीगत लाभकर पनि बढ्ने भएकाले कम मूल्य कायम गरि जग्गाको कारोबार गर्ने प्रचलन रहेकाे छ। तर बैंकबाट ऋण लिएर घरजग्गा काेराेबार गर्नेहरूले धेरै मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने गरेको छ। यहि कारणले राष्ट्र बैंकले घरजग्गा काराेबार तथ्यांकमा विश्वास गर्ने आधार कम भएको जनाएको छ ।

घरजग्गाको कारोबार तथ्यांक निकाल्दा राष्ट्र बैंकले घरजग्गा काराेबार बढि हुने मुलुककाे २० वटा सहरलाई बजार केन्द्र बनाएको थियो।

घरजग्गा काराेबारकाे तथ्यांक संसारमा ६० भन्दा धेरै मुलुकले नियमित सर्वेक्षण गर्ने गरेकाे छ । राष्ट्र बैंककाे भनाइ अनुसार मूलतः मुलुक भारत,दक्षिण एशियाली, श्रीलङका्देखि संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, ओमन टर्की, लगायत देशकाे केन्द्रीय बैंकले नियमितरूपमा यस्तो सर्वेक्षण गर्ने गरेको जनाएको छ।

0 1
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %