पुस १३, २०७९
राज्यसत्ता संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले पृथ्वी जयन्तिमा विदा दिन सहभति भए माओवादी नेता पुष्प कमल दाहाल नेतृत्वमा सरकारमा सहभागि हुने जनाएको छ । न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको छ ।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, कृषि मल कारखाना सुरु गर्नुपर्ने सर्तहरु सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
हाल राप्रपाको प्रतिनिधिसभा(संघीय संसद)मा १४ सिट रहेको छ । यसको अर्थ राप्रपा सरकारमा सहभागि जसरी पनि हुने संकेत देखाएको हो ।
