पुस १३, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — ज्योतिषीले निकालेको साईत र पूजापाठ सहित देशको ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । शपथ लिएको तेस्रो दिन पश्चात प्रधानमन्त्री दाहाल सरकारी निवासमा प्रवेश सरेका हुन् । उनको सचिवालयल अनुसार बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवासमा गृहप्रवेश गरेकोे जानकारी दिएका छन् । कम्युनिष्ट सिद्धान्त अनुसार धर्म अफिम हो भन्ने रहेको छ । पछिल्लो पटक दाहालले ज्यातिषि शास्त्रमा विश्वास गरेको र नेपाली पोषाक प्रति मोह बढेको देखिन्छ ।
