काभ्रे जिल्लामा बस दुर्घटना हुँदा ९ जना घाइते

Read Time:1 Minute, 21 Second

राज्यसत्ता, काठमाडौं
२०७९ पुस १३


काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।
बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको थियो । न्यौपानेका अनुसार बसमा रहेका २३ जना यात्रु मध्य९ जना घाइते भएका थिए । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ६ जनाको अवस्था सामान्य रहेको छ । अहिले घाइतेहरूको गाउँपालिकास्थित बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने १४ जना यात्रु सकुशल रहेको छ । यसरी पटक पटक बस दुर्घटना हुने कारण पत्ता लगाइ बस संचालक धनि र चालक गम्भिर जिम्मेवार हुनुपर्ने अवस्था छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %