आमा! मलाई भाषा हत्यारा नभन्नु है
……….
आमा तिमीले गर्भैदेखि
सिकाएको भाषा
मैले बोल्न छोेंडे
तिमीले तोतेबोली
मामा बाबा र पापा
भन्दै चारपाउले हिंड्दा
सिकाएको भाषा
बोल्न छोडे आमा ।
किनकी तिम्रो गर्भ र काखमा
बसेर सिकेको भाषाले
मलाई घाँसदाउरा गर्न
इमान्दार हुन सिकायो
तर कहिले पनि
सकुनीको सिद्धान्त
सिकाएन आमा ।
मेराे भाषामा
नाम राखेन
मेराे शरिरलाई
खस भाषा र हिन्दु धर्मले
बलात्कार गर्याे
उपनिवेश गर्याे
झन अहिले त
अन्तर्राष्ट्रिय भाषाले उपनिवेश र बलात्कार गर्दैछ
यहि कारणले
अब मेराे भाषा बाेलिन आमा ।
तपाईंले सिकाएकाे
तपाईंले बाेल्न पठाएको भाषाले
नत नाम दियाे
नत काम दियाे
नत दाम दियाे
पाखे भाषाकाे बदनाम दियाे
त्यसैले
तपाईंको भाषा बाेल्दिन आमा ।
यस्तै कारणले
मलाई तिम्रो भाषा
बोल्नै मन लागेन
यस्तै यस्तै कारणले
तिम्रो भाषा बोल्न सकिन आमा
आमा! तिम्रो भाषाले
नत पाउण्ड डलर दियो
नत रियल, रुबेल दियो
नत यान आइसि दियो
नत रुपैंया दियो ।
भारु पनि नदिने
नेरु पनि नदिने
खाली ढेबा मरु
पैसा माले हुने
तिम्रो भाषा किन बोल्ने आमा?
त्यसैले तिमीले मलाई
मगर भाषा हत्यारा नभन्नु
अटेरी नभन्नु है आमा!
तिमी त आमा हाैं
सानाेमा मेराे भावना बुझ्ने
अहिलेनि बुझ्छाै नि है आमा ।
-पूर्ण बहादुर राना
