भाग्सू धर्मशाला र गोर्खासमाज(तस्बिर सहित)

Read Time:19 Minute, 52 Second

त्रिलोक सिंह थापा मगर

प्रारम्भः

ईतिहासका पानाहरू पल्टाउँदा र केलाउँदा थाहा हुन्छ कुनै समयकालमा विश्वको मानचित्रमा “गोर्खा राज्य” अत्यन्त सानो राज्य थियो । तर अठारौँ शताब्दीको मध्यावधिकाल देखि उनाइसौँ शताब्दीको दोश्रो दशक सम्म सानो गोर्खा राज्यको सरहद पूर्वमा भारतको टिष्टा नदी, सिक्कीमको सीमा तथा पश्चिममा हिमाञ्चल प्रदेशको प्रसिद्ध कागँडा किल्ला सम्म फैलिएको थियो । सम्पूर्ण हिमंवत खण्ड र अधिकांश हिमालय पर्वतका श्रृखंलाहरूमा गोर्खा साम्राज्यको सुर्यचन्द्र अंकित झण्डाहरू फहराउँद थियो ।

Bishnu Shreshtha: The Gurkha Hero Who Fought 40 Thugs & Saved A Girl From Being Raped

गोर्खा सैनिकहरुः

गोर्खा सैनिकहरु पर्वतीय एवं छापामार युद्धकलामा अत्यन्त सिपालु थिए । साहसी, पराक्रमी, सुरवीर तथा शक्तिशाली योद्धाको रुपमा प्रख्यात थिए । रणभूमिमा गोर्खाली सैनिकहरूको विरुद्ध शत्रु पक्षलाई लड्न, युद्ध गर्न हम्मे हम्मे पर्दथ्यो ।शत्रुपक्षभयभीत तथा डराउँदथिए। यसैकारणले गर्दा ईष्ट ईन्डिया कम्पनी सरकारको अङग्रेजी फौजले सकेसम्म जालझेल, छलकपट, तथा धोखाबाट गोर्खा फौजलाई हराउने प्रयास गर्दथिए ।ईष्ट ईन्डिया कम्पनीः
सन् १६०० ई.मा ब्रिटिश महारानी एलिजावेथ प्रथमको स्वीकृतिबाट केही अंग्रेज व्यापारीहरुले रोयल चार्टर अन्तर्गत एउटा व्यापारिक संस्था “ईष्ट ईन्डिया कम्पनी” बेलायतमा स्थापना गरे । सो संस्थाको मुख्य लक्ष्य भारत एवं साउथ एशिया मुलुकहरूमा व्यापार गर्ने र बेलायत सरकारलाई आर्थिक लाभ एवम् मुनाफा दिने थियो । यो व्यवसायीक एवं व्यापारिक उद्देश्यले गठन गरिएको वित्तीय एवं आर्थिक संस्था थियो ।
सन् १६०८ ई. २४ अगस्टका दिन ईष्ट ईन्डिया कम्पनीले तत्कालीन मुगल बादशाहको सहमति एवं स्वीकृतिबाट भारतमा प्रवेश गरेको थियो । प्रारम्भमा भारतको गुजरात (सूरत), मद्रास र अन्य शहरहरुमा कारखानाहरु स्थापितगरे । कलकत्ताको फोर्ट विलियमा ईष्ट ईन्डिया कम्पनीले आफ्नो मुख्य व्यापारिक कार्यालय स्थापना गरेको थियो ।

शक्तिशाली कम्पनीः

व्यापार गर्ने उद्देश्यबाट भारतमा भित्रिएको ईष्ट ईन्डिया कम्पनी बिस्तारैबिस्तारै शक्तिशाली तथा आधुनिक हातहतियारबाट सुसज्जित विशाल सैन्यशक्ति खडा गर्न सफल भए। भारतका विभिन्न राजा राजवाडाहरुको बीचमा एक–आपसमा फूट, कलह विद्वेष एवं द्वन्द्वको सिर्जना गर्न थाल्यो । झगडा गराउने र शासन गर्ने (Divide and Rule) नीतिको अवलम्वन गर्न कम्पनी सरकारले शुरु ग¥यो । । यसरी ब्रिटिश सरकारले ब्रिटिश साम्राज्यबाद एंव औपनिवेशिक शासनको भारतमा बिस्तार शुुरु ग¥यो । तत्कालीन मुगल साम्राज्य विस्तारै–विस्तारै दिल्लीको सानो परिसरमा खुमचिदै गयो । सीमितहुँदै गयो । मुगल साम्राज्यको विघटन एवं पतनको स्थिती आरम्भ भइसकेको थियो । ईस्ट इन्डिया कम्पनी सरकारको सैन्य विस्तार एवं प्रसार तीव्रगतिमा हुँदैथियो । उता पञ्जाब राज्यको उत्तर–पश्चिम भेगमावीरसिख सेनाले आफ्नो विस्तार गर्दै थियो ।दक्षिण भारतमा मराठा सैनिकहरु अघि बढ्दै थिए । भारतको उत्तरी भेग र हिमवत खण्डहरुमा गोर्खा सेनाले आफ्नो अधिपत्य कायम गर्न सफल प्रयास गर्दै थिए ।

ईष्टईन्डिया कम्पनीको लक्ष्यः

ईष्टईन्डिया कम्पनी सरकारको लक्ष्य भारतमा औपनिवेशिक शासन कायम गर्नु तथा तिब्बतसँग व्यापारिक सम्बन्ध एंव सम्र्पक बढाउनुु थियो । अङ्ग्रेज व्यापारीहरू तिब्बत पुग्न सजिलो र सहज बाटोको खोजीमा थिए । तर बाटो र व्यापारिक नाकाहरुमा गोर्खा साम्राज्य तथा गोर्खा फौजको एकाधिकार स्थापित भै सकेको थियो । भारतको उत्तरी भेग तिर कुमाऊँ, गढवाल, शिमला, मलाऊन, सतलज पारि, काँगडा र नहान आदि सम्पूर्ण भेगहरूमा गोर्खा सैनिकहरूको उपस्थिति एंव बलियो पकड थियो ।
कम्पनी सरकारको औपनिवेशिक तथा साम्राज्यवादी शासनको प्रसार एवं विस्तारमा “गोरखा साम्राज्य” र गोर्खा सेना दुवै मुख्य चुनौति हुन् भनेर अङ्ग्रेजहरूले अनुभव गरिसकेका थिए । कम्पनी सरकारको लक्ष्य प्राप्तिका लागि गोर्खा सेना नै त्यसबेला ठूलो बाधक थिए । अतः गोर्खा फौजलाई जसरी पनि छिन्न भिन्न, विध्वंश पार्ने अथवा कुटनीतिको माध्यमबाट ब्रिटिश सेनामा मिसाउने–मिलाउने सामरिक लक्ष्य कम्पनी सरकारले निर्धारण गरे । साम, दाम, दण्ड र भेद द्वारा गोर्खाली सेनालाई तह लगाउने कम्पनी सरकारको आन्तरिक रणनीति थियो ।

गोर्खा फौजको सामरिक रणनीतिः

गोर्खाली फौजको मूख्य रणनीतिहरु निम्न प्रकारले परिभाषित गरिएको थियोः
क) हिमवतखण्ड र उत्तर भारतका पहाडी प्रदेशहरूमा ईष्ट इन्डिया कम्पनीको सैन्य विस्तारलाई पूर्णरुपमा रोक्नुथियो ।
ख) गोर्खा साम्राज्यको सरहदलाई कश्मीर राज्यको सीमासम्म पुर्याउने गोरखा महत्वकांक्षा थियो ।
ग) भारतका स्थानीय राजा रजवाडा र राज्य सरकारसँग संगठन, गठबन्धन एवं एकता गरी ईस्ट ईण्डिया कम्पनी सरकारका विरुद्ध संयुक्त सैन्य शक्ति परिचालन गर्नु गराउनुथियो ।

कम्पनी सरकारको सामरिक योजनाः

ईस्ट ईन्डिया कम्पनी सरकारले भारतको उत्तरी पहाडी भेगहरूमा गोर्खा सैन्य शक्तिको विस्तार एंव प्रसारलाई अवरुद्ध गर्न चाहेका थिए । यसै क्रममा गढ्वाल, कुमाऊँ र हिमालयका पहाडी भू–भागहरूबाट गोर्खाली सैनिक एंव सेनालाई विस्थापित गर्न इच्छुक थिए ।पजांवको वीर सिख योद्धा तथा दक्षिण भारतका शक्तिशाली मराठा सेनाका साथै तिब्बतसँग गोर्खा सेनाले गर्न सक्ने गठबन्धन एंव एकताको सम्भावनालाई रोक्न र असफल पार्न तथा विथोल्नका लागि ईस्ट ईन्डिया कम्पनी सरकारलेसामरिक योजना तयार गरेका थिए ।

गोर्खा–अंग्रेज युद्ध (सन १८१४–१८१६ई.)

गोखार्लीहरूको फौज काठमान्डौ देखि किल्ला काँगडा सम्म छरिएको थियो । यस अवसरको फाइदा उठाउन अङ्ग्रेजहरूले नेपालको लामो सरहदको पाँच ठाऊँहरूमा आफ्नो सेनाहरूलाई आक्रमण गर्न तैनाथ गरेका थिए ।
१) ईस्ट ईन्डिया कम्पनी सरकारका मेजर जनरल ओक्टरलोनीलाई ठूलो तोपखाना समेत सतलजनदीको निकटवर्ती पहाडी भेगमा खटाईएको थियो ।
२) मेजर जनरल जिलेस्र्पालाई उत्तराखण्डको देहरादुनबाट आक्रमण गर्न तैनाथ गरिएको थियो ।
३) मेजर जनरल उडलाई बुटवल (पश्चिम नेपाल) शहरबाट पाल्पा माथि आक्रमण गर्न ठूलो सेनासहित खटाइएको थियो ।
४) मेजर जनरल मार्लेको नेतृत्वमा मकवानपुर माथि हमला गर्दै काठ्मान्डु पुग्न सामरिक योजना तयार गरिएको थियो ।
५) अङग्रेजहरूको पाँचौ बटालिएन वा सेनालाई मेजर लेटरको रेखदेखमा गोर्खाराज्यको पूर्वि सीमामा तैनाथ गरिएको थियो ।
गोर्खा राज्यको तर्फः
कम्पनी सरकारको हमलालाई विफल पार्न गोरखा साम्राज्यले पनि विभिन्न सामरिक स्थानहरुमा गोर्खा सेना तथा गोर्खा सेना नायकहरुलाई खटाएको थियो । सोअनुसार काजी बख्तावर सिंह थापाविजयपुरको मुकाम, कर्णेल रणवीर सिंह थापा मकवानपुर, कर्णेल उजिरसिंह थापा पाल्पा तानसेन, काजी अमर सिंह थापा तथा सरदार बलभद्र सिंह कुँवर महाकाली पारी हिमवत खण्ड एवं उत्तर भारतका पहाडी भेगहरुमा अंग्रेज फौजको सम्भावित हमला रोक्न एवं प्रतिकार गर्न तैनाथ थिए । त्यस्तै पूर्वतिर पनि गोर्खा सैनिकहरू खटाइएका थिए ।

सैन्यक्षमताः

क) कम्पनी सरकारको सेना तथा सैनिकहरूको संख्या गोरखा सेना र सैनिक भन्दा तुलनात्मक रुपमा धेरै बढी थियो । अङ्ग्रेजी सेनासँग आधुनिक हातहतियार,बन्दुक, तोप, गोलाबारुद, गोली गठ्ठा, हात्ती, घोडा,खाद्यान्न आदिको कुनै अभाव हुँदैनथियो । गोरखा लडाकुहरुलाई धनु, वाण, खुडा, खुकुरी, हसियाँ, ढुङ्गा, मुढा, घरेलु हतियार र केही बन्दुक र तोपको भरमा शक्तिशाली अंग्रेजी फौजसँग लड्नु पर्दथियो ।
ख) राजधानी काठमाडौँ र रणभूमि वा युद्ध स्थलको बीच धेरै टाढा वा लामो दुरी थियो । तसर्थ संचार एवं संवाद छिटोछरितो हुँदैनथ्यो । सर सल्लाहा र दोहोरो कुरा हुन गाह्रो पर्दथ्यो ।थप सैनिक, हातहतियार, खाद्यान्न, औषधी उपचार, गोलीगठ्ठा र अन्य आवश्यक मालसमानहरूको आपूर्ति समयमा प्रशस्त वा पुग्नेमात्रामा प्राप्त हुन गाह्रो हुन्थ्यो ।
ग) ईष्ट ईन्डिया कम्पनीको अंग्रेज सेनाको तुलनामा गोरखा फौजसँग आर्थिक स्रोत–साधन तुलनात्मकरुपमा ज्यादै कम थियो । गोर्खा सेनाको आर्थिक अवस्था उति बलियो थिएन ।काठमाडौंको राजदरबारका दरबारियाहरूको आन्तरिक गुटबन्दी,आ–आपसमा प्रतिद्वन्दिता एवं एउटा पक्षले अर्को पक्षलाई तल पार्ने प्रयास गर्दा पनि युद्ध स्थलमा तैनाथ गोर्खा सैनिक एवं सेनालाई अप्ठ्यारो पर्दथ्यो ।
घ) यस्तो भयावह एवं विकट परिस्थितिमा पनि गोर्खा सेना एवं गोर्खाली सैनिकहरूले विशाल र शक्तिशाली अंग्रेज फौजका विरुद्ध वीरता पूर्वक भीषण तथा भयानक युद्ध लडेर ईतिहास रच्न सफल भएका थिए । ईस्ट ईन्डिया कम्पनी सरकारको विरुद्ध पाचँ मोर्चाहरूमा आफ्नो वीरता, शौर्यता, युद्ध कौशलतामा अभूतपूर्व प्रदर्शन गरे ।हजारौ अंग्रेज सैनिक, अफिसर एंव सहायकहरू युद्धको समयमा रणस्थलमा घाइते, धराशायी र मृत भए । कतिपय अंग्रेज सैनिकहरू रणस्थलबाट भागम भाग भए । अंग्रेज र गोर्खा सैनिकहरूको बीच पहिलो चरणको युद्धमा अंग्रेजहरूको पाँच डिभिजनहरू मध्ये तीन डिभिजन अंग्रेजी सेनालाई गोर्खा सेनाबाट नराम्रोसँग पराजित हुनु प¥यो ।
ङ) अतः ईस्ट ईन्डिया कम्पनी सरकारका अंग्रेज सेनाले रणभूमिमा जाल झेल, चतुराई एंव चलाखीबाट गोर्खा सेनालाई हराउने प्रयास गर्न थाले । आमने सामनेका युद्ध भन्दा पनि घेराबन्दी गर्ने, खाने पानीको मुहान थुन्ने, रासन पानी आदि बाटोमा रोक्ने आदि नीतिहरू अवलम्बन गर्न थाले ।

शान्ति सम्झौताः

क) गोर्खा साम्राज्यलाई पनि ईष्ट ईन्डिया कम्पनी सरकारको विरुद्ध तीनवर्ष भन्दा बढी समय सम्म युद्धलाई निरन्तरता दिन व्यवहारिक भएन भनेर तत्कालीन गोर्खा शासनहरूले निष्कर्श निकाले । राजदवारमा गुटबन्दी, आपसमा मतभेद, आर्थिक श्रोत साधनको कमी, सैनिक र हातहतियारको कमी, स्थानीय राजा रजवाडाहरू र ईष्टइन्डिया कम्पनी सरकारको विरुद्ध गोर्खा फौजलाई मद्दत एंव सहयोग गर्न हिचकिचाउँदै थिए । उनीहरू अंग्रेजी फौजलाई चिढ्याउन चाहदैन थिए । यसरी गोर्खा साम्राज्यलाई कतैबाट सहयोग र सहायताको सम्भावना भएन । अतः अंग्रेजहरूको विरुद्ध बरु मैत्री एंव शान्ति सम्झौता गर्नु नै लाभदायक होला भनेर राजदवारका एकपक्ष लागि परेको थियो ।
ख) वडाकाजी अमर सिंह थापा ईष्ट ईन्डिया कम्पनीसँग तुरुन्त सम्झौता गर्ने पक्षमा थिएन । उनी अंग्रेजको विरुद्ध युद्ध जारी राख्न चाहेका थिए । आफ्नो जीवन भरि परिश्रम गरेर विजय गरेका र हासिल गरेका ईलाकाहरू ईष्ट ईन्डिया कम्पनी सरकारलाई सुम्पने कुरामा सहमत थिएनन् ।
ग) ईष्ट ईन्डिया कम्पनी सरकार पनि गोर्खा साम्राज्यका विरुद्ध युद्ध गर्ने पक्षमा थिएन । मित्रता एंव शान्ति सम्झौता एंव सन्धिका पक्षमा थियो । यसैमा उनीहरूलाई फाइदा हुने निष्कर्ष निकालेका थिए ।
घ) काठमान्डौको राजदरवार ईष्ट ईन्डिया कम्पनी सरकारको अंग्रेजी फौजलाई काठमान्डौ र नेपाल सीमाबाट टाढा राख्न चाहन्थे । त्यसका लागि युद्ध समाप्त गरेर ईष्ट ईन्डिया कम्पनी सँग शान्ति मित्रताको सन्धि सम्पन्न गर्ने निर्णय गरेको कुरा केही इतिहासकार एंव लेखकहरूको धारणा रहेको छ ।
सिगौली सन्धि (सन् १८१५ डिसेम्बर २)

१) नेपाल तथा कम्पनी सरकार बीच सन् १८१५ डिसेम्बर २ तारिखमा हालको बिहार राज्यको सिगौली भन्ने सानो शहरमा (कस्बा) शान्ति, मैत्री सम्झौता सम्पन्न भयो । सन् १८१६ ई. मई ४ तारिकमा लालमोहरको छाप लगाएर गोर्खा राज्यले उक्त सन्धिमाथि आफ्नो स्विकृति प्रदान ग¥यो । त्यसपछि सन्धि कार्यान्वएन भयो ।
२) सिगौली सन्धि पछि गोर्खा राज्य तथा ईष्ट ईन्डिया कम्पनी सरकारको बीचको युद्ध समाप्त भयो ।
क) गोर्खा राज्यले आफ्नो सरहद विस्तार गर्ने नीति परित्याग गर्नुु प¥यो ।
ख) अंग्रेज फौजको विरुद्ध हात हतियार उठाउने योजनाहरू पनि त्याग्नु प¥यो ।
ग) ईष्ट ईन्डिया कम्पनी सरकारको अंग्रेजी फौजले गोर्खा राज्यको परिसर भित्र पस्ने नीतिलाई समाप्त गर्नु प¥यो ।
३) सन्धिको धारानुसार गोर्खा साम्राज्यलाई आफ्नो ४–५ हजार माईल भन्दा बढी भूमि गुमाउनु प¥यो । सयौँ गोर्खाली फौजका सैनिकहरूलाई स्वेच्छाले अंग्रेजी फौजमा भर्ना हुने प्रावधान सन्धिको धारामा समावेश भयो ।

सारांशः


क) गोर्खा साम्राज्य र ईष्ट ईन्डिया कम्पनी सरकारको बीच सिगौली सन्धि (सन् १८१५ई.) सम्पन्न भयो । तीन वर्ष देखि चलिरहेको गोर्खा अंग्रेज युद्ध सधैको लागि समाप्त भयो । सिगौली सन्धीको धारानुसार ईष्ट ईन्डिया कम्पनी सरकारले गोर्खाली योद्धाहरूको हिमाञ्चल प्रदेशको मलाउन भन्ने ठाउँमा गोर्खा पल्टन खडा ग¥यो । गोर्खाली सैनिकहरूलाई विभिन्न प्रलोभन देखाएर सो पल्टनमा भर्ती हुन प्रोत्साहन गरियो ।केही गोर्खा सैनिकहरू आफ्नो मुलुक तुरुन्तै फर्किनु भन्दा पनि ईष्ट ईन्डिया कम्पनीले खडा गरेको गोर्खा पल्टनमा भर्नाहुुने निधो गरे र भर्ना भए ।

ख) गोर्खा पल्टनमा भर्ना भएका सैनिकहरूका परिवारहरू मध्ये केही परिवारहरू मलाऊंन एंव भाग्सू धर्मशालामा बसोवास गर्न थाले । सन् १८०४ ई.मा जनरल अमरसिंह थापाका साथमा आएका गोर्खाली सैनिकहरू मध्ये केही गोर्खाली परिवार भाग्सू धर्मशालामा त्यही बेला देखि बसोवास गरेको ईतिहास भेटिन्छ । यसरी भाग्सू धर्मशालामा गोर्खा समाजको स्थापना भएको पाईन्छ ।

लेखक मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।

भाग्सू धर्मशाला गोर्खा समाजले निर्माण गरेको केहि स्थलको तस्बिरहरु:

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *