गोर्खा भर्ती– एक विवाद

Read Time:26 Minute, 57 Second
एम. एस. थापा

प्रस्तुत लेख इतिहासविद् एवं राजनीतिज्ञ एम. एस. थापादद्धारा लिखित लेख हो । –सम्पादक पूर्ण बहादुर राना

२०४८-४-१४
अधिवक्ताः एम. एस. थापा मगर
गोर्खा भर्ती– एक विवाद
यस सालको आरम्भदेखि स्वदेश तथा विदेशका सञ्चार माध्यमहरुमा ब्रिटीशहरुले गोर्खा फौज नराख्ने भयो भनि समाचार प्रकाश भए पछि नेपालमा खासगरी जनजाति विच भुकम्प गए झैं ठूलो खैलाबैला मच्यो । कतै चिन्ता, निराश र हतास देखा प–यो भने कतै वुद्धिजीवी र राजनीतिज्ञहरु विच विवादको विषय बन्यो । नेपालमा गत ०४८ साल असार १० गतेका दिन ललितपुर जिल्लाको पुल्चोक स्थित हिमालय होटलमा विदेशीहरुलाई समेत निम्त्याई शासक जातिहरुले ठूलो खुशीयाली मनाई भोज भतेर गरी गोर्खा भर्ति वन्द गर्नु पर्छ भनि निर्णय पास भई र गोर्खा भर्ति वापत नेपालले कति सलामी(Royalty) पाउँछ र सो रकम कहाँ जान्छ भनि खोजी गर्ने निर्णय पनि गर्यो । गोर्खा भु.पु. सैनिक संघका प्रतिनिधिहरु प्रधानमन्त्री एवं ब्रिटीश गोर्खा भर्ति सम्बन्धमा नेपालका छापाहरुले अनेकौ सत्य असत्य समाचार मात्र हैन साम्प्रादायीक लेख समेत छापे । नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा पार्टीले हालको नेपालको आर्थिक स्थिति र बेरोजगारलाई मध्य नजर राखी गोर्खा भर्ति पूर्णतः बन्द नगर्ने र सम्भव भएसम्म ती गोर्खाहरुलाई अन्यत्र काम दिलाउन व्रिटीश सरकारसँग लेखापढी गरी अनुरोध गरे भने व्रिटीश साम्राज्यवादी उपनिवेशको हतियारको रुपमा गोर्खा फौजलाई नेपाली कम्युनिष्टहरुले देख्ने र गोर्खा भर्ति बन्द गर्नुपर्छ भनि शुरु देखि आवाज उठाउँदै आएका नेपालका कम्युनिष्ट सांसदहरुले पनि गोर्खा भर्ति बन्द गर्न हुँदैन भनि नेपाल आफ्नो घोषित नीति विपरित नेपालको संसदमा प्रधानमन्त्री समक्ष विन्तीपत्र चढाए ।
अन्ततः गएको साउन ७ गते (२३ जुलाई १९९१) का दिन व्रिटीश रक्षा मन्त्रीले ब्रिटीश संसदमा ब्रिटीश फौजको संख्यामा लगभग ४०,००० कटौती गर्ने प्रस्ताव राखि सो प्रस्ताव पारित भएपछि व्रिटीश गोर्खा फौजमा पनि सन् १९९२ सालदेखि १९९७ साल सम्ममा हाल भै रहेको ६००० गोर्खालीहरु मध्य ४००० कटौती गरि लगभग २५०० गोर्खा फौज मात्र राख्ने घोषणा गरियो तापनि केही समाचार आउने गरेको छ र हालै साउन २३ गतेको गोरखापत्रमा पनि पपुवा न्यूगीनीमा ५००० भु.पु. व्रिटीश गोर्खा फौज राखिने समाचार प्रकाशमा आएको छ । गोर्खा फौज सम्बन्धमा भारतमा पनि १९४७ साल पछि नेहरु सरकारको बेलामा विजया लक्ष्मी पंडितले गोर्खा फौज भारतमा नराख्ने प्रस्ताव संसदमा राखेकी थिइन् । यसरी बेला मौकामा स्वदेश तथा विदेशमा गोर्खा फौजलाई लिएर विवाद चल्दै आएको छ ।
Johny Gurkha र Bravery among Brave को नाउँले विभुषित यस गोर्खाको सम्बन्धमा अनेकौं विचित्र कथाकहानी, कर्तव्य परायण, ईमान्दारी वीरता र यिनीहरुको जीवनचर्यालाई देश विदेशमा अनेकौं विंवदन्ति चलेकाछन् । यी गोर्खाहरुको बारेमा विदेशीहरुले सैकडौं पुस्तक पनि लेखेका छन् । तर यी गोर्खाहरुको विदेशी फौजमा भर्ति कसरी र कुन परिस्थितिमा भयो? यीनिहरुको आन्तरिक पिडा र व्यथा के छ? र नेपालका शासकहरुको र विदेशी शासकहरुको गोर्खा भर्तिमा के स्वार्थ थियो? त्यस सम्बन्धमा भने नेपालीहरुलाई ज्यादै कम ज्ञान छ ।
मध्य नेपाल स्थित गोर्खा राज्यका महत्वकाक्षी रजौटा राजा पृथ्वी नारायण शाहले र त्यस पछि नीजको भाईले तत्कालिन नेपालको सिमाना दार्जिलिङको पूर्व तर्फ तिष्टा नदी सम्म र पश्चिममा काश्मिको श्री नगर सम्म राज्य विस्तार गरेपछि यीनीहरुको राज्य विस्तारको महत्वकांक्षा बढ्दै गै
उत्तर तर्फ भोट(तिब्बत) सम्मलााई आफ्नो राज्यमा गाभ्न प्रयास गर्दा भोटले चीनको सहयोगबाट उल्टै नेपालनै जित्ने स्थितिदेखि विक्रम संवत १८४८ साल(सन् १७९१) मा नेपालले वार्षिक ५ लाख चीनी सम्राटलाई सलामी चढाउने गरि संन्धी भएपछि नेपालको उत्तर तर्फका राज्य विस्तार रोकिन गयो र उक्त संधीपछि नेपालमा राज्य विस्तार दक्षिण तर्फ बाहेक अन्यत्र रहेन र विस्तारै दक्षिण तर्फ राज्य विस्तार गर्ने तर्फ लागे । उत्तर भारतमा ब्रिटेनको इष्ट इण्डिया कम्पनी पनि विस्तार आफ्नो राज्य विस्तार बंगालबाट उत्तर भारतको मैदानी उब्जाउ जग्गा अर्थात हालको विहार र उत्तर प्रदेश तर्फ बढ्दै थियो । भारतको उत्ती मैदानीमा नेपाली पहाडे राजा बढ्दै गएको कुरो इस्टइण्डिया कम्पनीलाई मन परेको थिएन भने सिक्किमबाट बाटो फेला नपर्दासम्म इष्टइण्डिया कम्पनी नेपालको बाटो भै मध्यचीन र तिब्बततर्फ आफ्नो व्यापार बढाउन चाहान्थ्यो । यसरी इष्ट ईण्डिया कम्पनिको उत्तरी भारतको मैदान तर्फ राज्य विस्तार गर्न हजार र नेपालमा तत्कालिन पहाडे राजा दक्षिणका मैदानी ईलाकामा आफ्नो राज्यविस्तार गर्न हतार भएकोले दुवैको राज्य विस्तारको आकांक्षाको फलस्वरुप सन् १८१४ मा नेपाल र ईष्ट ईण्डिया कम्पनी बीच युद्ध शुरु भयो र यसलाई ईतिहासमा एङ्ग्लो नेपाल वार को नाउँले जानिन्छ । यस युद्धमा ईस्ट ईण्डिया कम्पनीको आधुनिकताम् हातहतियार र सैनिक प्रविधिको सामु नेपालमा पहाडे राजाको खोडा र तलवार (केहि भरुवा बन्दुक पनि) सहितको पछौटे सेना हार्नु पर्यो । फलस्वरुप डिसम्बर १८१६ मा इष्ट ईण्डिया र नेपालको बीच सुगौलीमा संन्धी भै नेपालले तत्कालिन जितेका अधिकांश तराई मैदानी राज्य गुमाउनु पर्यो र यसै सुगौली संधीहरु हाल सम्मको नेपालको भौगोलिक सिमाना निर्धारण भएको हो ।
सात समुन्द्र पारको अँग्रेजी इष्ट ईण्डिया कम्पनीले भारतमा राज्य स्थापित गर्दै गएकोमा तत्कालिन भारतका राजा रजौटाहरुले विरोध गर्दै आएका थिए र ति विद्रोहलाई दबाउन भारतकै आर्यवंशका सिपाहिहरु आफ्नै रगतिया नाताा भैयाद विद्रोही भारतीयहरुलाई दमन गर्न मानसिक र मनोवैज्ञानिक रुपले सक्षम थिएन । ईष्ट ईण्डिया कम्पनीर्ला फाल्न समुन्द्र पारबाट सबै अँग्र्रेजी सेनालाई भारतमा विद्रोह दमन गर्न सम्भव थिएन किनक सन् १८५७ को भारतीय स्वतन्त्रता युद्ध अघि भारतका ब्रिटीश सरकारको हैन एउटा व्यापारिक कम्पनी ईष्ट ईण्डिया कम्पनीको शासन भएकोले त्यसमा ब्रिटीश सरकारले आधिकारिक सेना पठाउन पनि सक्दैन्थ्यो । परस्पर स्वजाति भन्दा विजातिहरु आपसमा लड्छन भन्ने जीव वैज्ञानिक मनोविज्ञान अँग्रेजहरुलाई ज्ञान भएकोले भारतीयहरुलाई दमन गर्न भारतीय सेना हैन ग्रैर भारतीय विजातिय सेनाको आवश्यकता पर्छ भन्ने महसुस भएको थियो ।
गोर्खाहरु घाँस र पानी खाएर मात्र खुकुरीको भरमा पनि बढि आज्ञापालक भै लड्न र ज्यान फाल्न सक्तछन् भन्ने तथ्य अँग्रेजहरुले सन् १८१४ सालको नालापानी –हाल भारतको देहरादून) को युद्ध र मकवानपुरको युद्धबाट बुझिसकेका थिए र एउटा महत्वपूर्ण के देख्यो भने गोर्खाहरु नुनको सोझो र मर्न होस चेत नपाउने खालका राष्ट्रिय चेतनविहिन हुन्छन् भन्ने गोर्खाहरुको बौद्धिक चेतनाको कमजोरी पनि फेला पारे र प्रत्येक दृष्टिले थोरै ज्याला र खानामा पनि जस्तो सुकै युद्धमा खप्न सक्त्तछन् भनि बुझी अँग्रेजहरुले गोर्खाहरुलाई आफ्नो फौजमा राख्न लालयित भए । नेपालमा पनि पृथ्वी नारायण शाहले र नीजका उत्तराधिकारीहरुले विशेषगरी यहाँका मगर, गुरुङ, राई र लिम्बुहरुको राज्य रजौटा खोसी जबरजस्ति एकीकरण गरेका थिए र यी खोसिएका राज्यका रजौटाहरु आ–आफ्नो राज्य फिर्ता गर्न बेला मौकामा विद्रोह गर्दैै आएका थिए र शाह शासकहरुलाई भने एउटा टाउको दुखाई थियो । पूर्वका किरांतहरुलाई राई र सुब्बाको पगरी (पद) दिई पकाउँदा पनि नफकिने र पश्चिमका मगर, गुरुङहरुलाई मुखिया, थरी र जिम्वाल दिंदा पनि शान्ति नभएकोले वि. सं. १८३० सालमा गोर्खाका विद्रोही लखन थापा दोस्रो र जयसिं चुमी राना मगरलाई झुण्ड्याई मार्नु परेको र पूर्वमा किराँतहरुले शाह शासन प्रति देखाएको विद्रोह वि. सं. २००८ सालमा राम प्रशाद राईको नेतृत्वमा राई लिम्बुको फौज काठमाडौं हान्न बनेपा सम्म आएको तथ्यले पनि प्रष्ट गर्दछ । यसरी नेपालमा राज्य खोसिएका जातिहरुले बारम्बार बेला मौकामा विद्रोह गर्न सक्ने आशंका र त्रासले नेपालका शासकहरु पिडित थिए । फलस्वरुप नेपालका शासकहरु पनि नेपालका यी जातिहरुबाट हुन सक्ने विद्रोहलाई दबाउन गैर भारतीय रगतका विजातिय लडाकु जातिको खोजीमा भएकोले यी दुवैको स्वार्थको कारणले सर्वप्रथम सन् १८१५ सालमा यी दुबैको स्वार्थ गोर्खा भर्तिसँग गाँसिन गयो । पश्चिम नेपालको कुमाउमा लड्न गएको नेपाली संगको सेनापति अमर सिंह थापा र ईष्ट इण्डिया कम्पनी फौजका कमाण्डर जनरल अक्टरलोनी बीच भएको सन् १८१५ सालको संधी अनुसार सर्वप्रथम अमर सिंह थापाका मातहतका नेपाली फौज ईष्ट इण्डिया कम्पनीको फौजमा आधिकारिक तवरले चौधों कुमाउ रेजिमेन्टको नाउँले पहिलो ब्रिटीश गोर्खा फौजको गठन भयो । (सन् १८१४ को लडाइमा हारेको नेपाली फौजलाई ईष्ट इण्डिया कम्पनीले आफ्नो फौजमा अनधिकृतरुपले राख्न शुरु गरिसकेको थियो ।)
तर पनि १८१ ६ सालकाकेक सुगौली संधी पछि नेपाली शासक र ईष्ट ईण्डिया कम्पनी बीच एउटा छुट्टै संधी (Tacit Agreement)पनि भएको थियो । त्यो के थियो भने नेपाल खाल्डो पूर्व १ नं. सम्म अर्थात् हालको रामेछाप र सिन्धुली जिल्ला एवं पश्चिम १ नं. सम्म अर्थात् हालको धादिङ जिल्ला सम्मका नेपालीहरुलाई अँग्रेजले आफ्नो गोर्खा फौजमा भर्ती गर्न बन्देज गरियो र यो हाल सम्म कायमै भएकोले पुर्व रामेछाप र सिन्धुली जिल्ला पश्चिम धादिङ सम्मका नेपालीहरु खास गरेर तामाङहरुलाई गोर्खा फौजमा भर्ति गरिदैन । आज कुनै कुनै तामाङ विदेश गोर्खा भर्तिमा गएको छ पनि उनीहरुले आफ्नो जात फेरी भर्ति भर्एका छन् । यी बन्देज गरिएका क्षेत्र भित्रका नेपालीहरुलाई दरबारको सेवा गर्न भनी सुरक्षित राखिएको थियो । यी बन्द गरिएका पूर्व पश्चिम १ नं. क्षेत्र भित्र मुख्यतः तामाङ जातिको बसोबास भएकोले र यीनीहरुको राज्य रजौटा खोसी नेपाल राज्य कायम गरेकोले यी तामाङहरुले शासकहरुको विरुद्ध जहिले पनि विद्रोह गर्न सक्ने भएकोले तामाङहरुको लडाकु चरित्र समाप्त पार्न र हुन सक्ने विद्रोहलाई सधैंको लागि दमन गर्नको लागि तामाङ पुरुषहरुलाई नेपाली शासकहरुले शाही सेनाको पिपा गोस्वारामा भर्ति गरी हातमा बन्दुक हुने सट्टा नाम्लो दाम्लो थमाए भने उनिहरुको छोरी चेलीहरुलाई दरवार हुली रखौटी बनाई तामाङहरुमा भएको वीरता, आत्मा विश्वास र विद्रोहको भावनालाई सधैंको लागि निर्मुल पार्न प्रयास गरियो । तामाङहरुमा बसालेको यस थितिले आज तामाङहरुमा यस्तो सँस्कार र सामाजिक विकृति जन्मे यो बुभ्न समसामयिक हुनेछ ।
जनजातिका युवकहरुलाई गोर्खा भर्तिमा पठाएर त्यसबापत प्राप्त हुने विदेशी मुद्राबाट सन्तुष्ट नभै नेपालका शासकहरुलाई विदेश पसेका गोर्खाहरुबाट अझै डर र त्रास कायम थियो । फलस्वरुप गोर्खा फौजमा भर्ती भएका नेपालीहरुलाई जति सुकै बहादुर र योग्य भएतापनि सुवेदार भन्दा ठूलो दर्जाको मान नदिनु र उनिहरुलाई अँग्रेजी वा नेपाली नपढाउनु भनि नेपाली शासकहरुले अँग्रेज् सामु शर्त राखेकोले सोही बमोजिम हाल सम्म ब्रिटीश गोर्खा फौजमा सुवेदार भन्दा ठूलो दर्जा गोर्खाहरुलाई दिदैंन र ब्रिटीश गोर्खा फौजमा गोर्खाहरुलाई नेपाली वा अँग्रेजीमा शिक्षा तालिम नदिई रोमन अँग्रेजीमा सिमित शिक्षा हाल सम्म दिइदैंछ जस्तो “म संचै छु” भनि लेख्नु पर्यो भने रोमनमा “ma sanchai chhu” भनि लेख्न सिकाईयो । यो पढाई न अंग्रेजको अँग्रेजीसँग न नेपालको नेपाली सँग मिल्ने भयो । यसरी सैनिक जीवनमा शिक्षामा पनि गोर्खाहरुलाई ठूलो षडयन्त्र गरियो र हाल सम्म गरिंर्दैछ । भारतमा भने सन् १९४७ साल पछि रोमन अँग्रेजी बाहेक हिन्दी पनि सिकाईन्छ । यस प्रकार नेपालका शासकहरुले गोर्खाहरुलाई सधैं अपाङ्ग बनाउन प्रयास गर्यो र गर्दैछ ।
सन् १८५७ मा भारतको स्वतन्त्रतको युद्धम ईष्ट इण्डिया कम्पनीलाई जंग बहादुर राणाले सैनिक सहयोग गरे बापत अँग्रेजले नेपाललाई हालको नयाँ नेपाल अर्थात बाँके, वर्दिया र कंचनपुर जिल्लाहरु नेपाललाई फिर्ता दिए । र त्यही ब्रिटीश फौजमा रहेका गोर्खा फौज बापत जंग बहादर राणालाई एकमुष्ट दस लाख रुपैया प्राप्त भएको थियो । पछि चन्द्र समशेरले विश्वयुद्धताका यही रकमलाई सती गरिएको भर्ति वापत अँग्रेजसँग वार्षिक १० लाख माग गरि लिएका थिए ।१ त्यस्को बदलामा १६ वर्ष माथिका र ४० वर्ष मुनिका सबै जनजातिका मानिसहरुलाई ब्रिटीश गोर्खा फौजमा भर्ति भै अँग्रेजलाई जिताउन चन्द्र शमशेरले आदेश दिएको मात्र हैन ब्रिटीश गोर्खा फौजका स्वास्नीलाई कसैले जारी गरी लग्न नपाउने र लगेमा कठोर सजायको कानून व्यवस्था गरेका थिए । विदेश गोर्खा फौजमा पसेका १ लाख भन्दा बढी गोर्खाहरुको विधुवा वर वेपत्ता भएकाहरुको स्वास्नीहरु पुनर्विवाह गर्न नपाई त्यस बखत तिजमा यसरी गित गाउँथेः–
“वर्षा वित्यो कुर्दा कुर्दै जोवन वित्यो रोदै
कित ल्याईदेउ हाम्रो पोई कित जान पाउँ खुदै”
वर्ष वित्यो …१. संक्षिप्त नेपालको ईतिहास ल. प्रेम ब मावोहाङ्ग पृ. १७

प्रथम र दोस्रो युद्धमा जनजातिको घरगाउँमा छोराछोरी महिला, र विरामी बुढा एवं असक्त व्यक्तिहरुमात्र रहन गएको थियो । यस्ता सामाजिक कथा व्यथाहरु हजारौं छन् । प्रथम विश्व युद्धमा लगभग ४०,००० भन्दा बढी गोर्खाहरु को मृत्यु भएको छ भने दोस्रो विश्वयुद्धमा ६०,००० हजार भन्दा बढी गोर्खाहरुको मृत्यु भै त्यसबाट ठूलो जनधनको क्षति मात्र नभै सन्तान प्रजनन् रोक्न गै दोस्रो युद्ध पछि ६.४% जनसंख्या नेपालमा घटेको तथ्यलाई वि. सं. २००८ सालको जनगणनाले प्रष्ट गरेको छ र घटेको जनसंख्या जनजातिहरुको भएको प्रष्ट छ । यस बाहेक भारत चीन, भारत पाकिस्तान, मलाया, अबोर्नियो र पकलैण्डका लडाँइमा कति मरे त्यसका पिडादायक तथ्यांक बेग्लै छ ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल भारत र ब्रिटीशको बीच गोर्खा भर्ति संबन्धमा छुट्टै त्रिपक्षिय संझौता भयो र त्यस सम्झौता अनुसार भारतमा रहेको चार गोर्खा पल्टन ब्रिटीश ले लगी तत्काल मलाय, सिंगापुर लगे । उक्त त्रिपक्षीय संझौता बाहेक प्रष्ट रुपमा गोर्खा भर्ती वापतको सलामी ९च्यथबतिथ० रकम सम्बन्धि पनि भारतले वार्षिक १० लाख र ब्रिटीशले प्रति गोर्खा दुई पौण्ड रकम नेपाल सरकारलाई बुझाउने सम्झौता भएको छ । (India defeats China in Nepal-Goiroilal Jain p.16) । हाल भातमा ६० हजार गोर्खा फौज छन् र १० लाखको प्रति गोर्खा भागवण्डा गर्दा प्रति गोर्खा रु १६/६६ पर्छ भने रु १६/६६ पैसामा किलो मासु आउँछ आउँदैन, एउटा कुखुरा आउँछ कि आउँदैन यो सबैले सोच्ने केरो हो । यहाँ त यति मात्र भन्न खोजिएको होकि गोर्खाहरुलाई नेपालका शासकहरुले कुखुरा बाख्रा भेडा भन्दा पनि तल्लो तहमा लगेको छ र हालको सत्ताधारी कांग्रेस कम्युनिष्टहरु पनि यसमा सामेल छन् ।
गोर्खा भर्तिले यहाँका जातिहरुले माग्न सक्ने आफ्नो आत्मा निर्णयको अधिकार राजनीतिमा सहभागिताको अधिकार र वर्ग भन्दा जातिगत रुपमा शासकहरुले गरेका अपमानित व्यवाहारलाई बुझ्ने चेतनालाई समाप्त पारेको छ । जनजातिहरुमा राजनैतिक र सामाजिक चेतना जागरण समाप्त पार्न खोजियो । यी गोर्खा जनजातिहरुलाई जहिले पनि हतियारको रुपमा मात्र प्रयोग गरियो । सात सालमा एउटा शासक जातिको विरुद्ध अर्का शासक जातिले गोर्खाहरुलाई प्रयोग ग–यो र क्रान्ति पछि सत्ता र बन्दुक शासक जातिहरुलाई बुझाई बाटो खर्चमात्र लिई आ–आफ्ना घर फिर्ता गरे । संसारको इतिहासमा जस्को हतमा बन्दुक छ उत्ता उसैको हातमा रहेको छ तर नेपालमा उल्टो भयो । जस्को हातमा बन्दुक छ उ ढोके, पाले र दा कमारो बनेको छ भने जस्को कर्मले बन्दुक र हलो छुन हुँदैन उस्को हातमा सत्ता र जग्गा छ वा अझै प्रष्ट भन्ने हो भने राजनीति र अर्थनीतिमा एकाधिकार छ । मुसलमानले धपाई भारतबाट शारणर्थी भै नेपाल पसेकाहरु नेपालका शासक भए । शाताब्दियौं देखीका नेपालीहरु शासित भए । अश आएर भारतीय भाषा, सँस्कृति र धर्म नेपाली भाषा, नेपाली सँस्कृति र धर्म र्भए यहाँका नेपालीहरुको भाषा सँस्कृति र धर्म जातीय भए र अब त आफ्नो भाषा, धर्म र सँस्कृतिको कुरो गर्नु पनि यी शरणार्थी शासकहरुको लागि सम्प्रदाय जातिवादिता भै सकेको छ । यो हो गोर्खा भर्तिले भोगाएका परिणामहरु ।
तर दोश्रो विश्वयुद्ध पछि देश विदेशमा लड्न गएका गोर्खाहरुमा पनि चेतना जाग्यो । मानिसहरुले आफ्नो पल्टनमा स्कुल खोली आ–आफ्ना छोरा छोरीहरु पढाउन थाले र स्वदेशमा पनि गाउँ गाउँमा स्कुलहरु खोली चेतना जगाउनमा सकृय भए फलस्वरुप आज नेपाली निजामती वा प्रहरी र सेनामा भउका जाजातिहरु ९५% बढी यीनै गोर्खाहरुको छोरा छोरी छन् । यीनै गोर्खाहरुको छोरा छारीहरुमा पनि राजनैतिक चेतन जाग्न शुरु भयो र आज राजनीतिमा पनि हिस्सा माग्न शुरु गरेको छ । राजनीतिमा हिस्साको मात्र गरी राजनीति गर्ने यीनै गोर्खाका छोराहरु भएकोले यीनीहरुलाई आर्थिक स्वरुपमा दमन नगरे राजनीतिक रुपमा दमन गर्न सकिदैन भनि प्रष्ट बुझि सकेकाछन् । मैले यस लेखको शुरुमा ग्एको असार १० गते हिमाल होटेलमा गोर्खा भर्नि बन्द गर्नु पर्छ भनी शासक जातिक बुद्धिजीवीहरुले गोष्ठि गरेको उल्लेख गरेको थिएँ र गोर्खा भर्ती बन्द गर्ने माग गर्नुृको पछाडी शासक जातिहरुको भिन्नै उल्लेखित दुरासय रहेको छ । गोर्खा भर्तिले देशको बदनाम गरेको छ भनि अथ्र्याउन खोजिने हो भनी भारतमा लाखौ जवान पाले, कुल्ली, कान्छा कान्छीको रुपमा रहेका र अब अरबमा गएका लाखौं नेपाली मजदुरहरुले नेपालको गौरव बढाएको छ वा छैन त्यो शासक जातिका बुद्धिजीवीहरुले जवाफ दिनुपर्छ । त्यसैले समुचित रोजगारको व्यवस्था नभए सम्म गोर्खा भर्ति बन्द गरिनु सामयिक हुँदैन । गोर्खा भर्ति बन्द भए पनि नभए पनि अब नेपालका शासक जातिहरुलाई फाल्न सक्ने प्रशस्त पूर्वाधार तयार भै सकेको छ, मात्र ढिलो चाडोको कुरो हो ।

हाल प्रकाशन मिति २०७८ भदौ १५

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %