पूर्ण बहादुर राना
काठमाडौं
भदौ ३१

राष्ट्रिय जनमुक्ति पार्टीको हिजो देखि चलेको छैटौं राष्ट्रिय महाधिवेशन मूल तयारी समितिको बैठक विविध निर्णय गरि आज सम्पन्न भएको छ । बैठकले राष्ट्रिय जनमुक्ति पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन यहि २०७८ भदौ २६, २७ र २८ गते धरानमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले सर्वोच्च अदालतले गरेको आरक्षण सम्बन्धि निर्णय संविधानको भावना विपरित भएको ठहर गरेको छ । यस मूल तयारी समितिको भेलाले नेपालको हित विपरितको एमसिसि सम्झौता कुनै पनि हालतमा पास गर्न नहुने जिकिर गरेको छ । पार्टीले मित्रराष्ट्र भारतको स्वतन्त्राता दिवसको अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ भने अफगानिस्तानमा पछिल्लो पटक विकसित घटना प्रति मध्यनजर गर्दै नेपाल सरकारले औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेकोले तत्काल उद्धार गर्नुपर्ने निर्णय पार्टीले गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि स । अधिवक्ता चेत बहादुर आलेलाई विधान मस्यौदाको संयोजकमा चयन गरेकोछ । बैठकले राजनीतिक दस्तावेज तयार पार्नको लागि मूख्य मार्गदर्शक एम. एस. थापा, संयोजक के. पि. पालुङ्वा सदस्यहरु, रामु परियार, टोप अस्लामी, गंगा खासु, बलदिप राई, पूर्ण बहादुर रानालाई चयन गरिएको छ ।





