
राष्ट्रिय जनमुक्ति पार्टीको छैटौं महाधिवेशन मूल तयारी समितिको बैठक समितिका अध्यक्ष के. पी. पालुङ्वाको अध्यक्षता र पार्टी संस्थापक अध्यक्ष एम. एस. थापाको प्रमुख आतिथ्यतामा सुरु भएको छ । अध्यक्ष पालुङ्वाद्धारा छैटौं महाधिवेशनको लागि विधान, घोषणापत्र, पार्टी पद्धती बारेमा छलफल केन्द्रीत गर्न बैठकलाई निर्देशन भएको छ । पार्टीको बैठक मिति २०७८ श्रावण ३०,३१ र ३२ गते चल्ने भएकोले क्रमिक रुपमा बहस गरि कार्यक्रम सम्पन्न गर्ने भएको छ । तीन दिन सञ्चालन हुने कार्यक्रममा बहसको विषय राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति, एमसिसि विधेयक, गोर्खा सैनिकको आमरण अनसन र अन्य समसामयिक विषयमा गहन छलफल भई उचित निर्णयमा पुग्ने पार्टीको उद्देश्य रहेको छ ।





राज्यसत्ता सम्पादक- पूर्ण बहादुर राना
