काठमाण्डौ, सावन १९ – तनहुँको ब्यास नगरपालीका वडा नं. १४ स्थित केशबटार र बन्दिपुर गाउँपालीकामा बुद्धको मुर्ति स्थापना हुने भएको छ ।
केशबटारमा भिक्षु मेधंकर स्थबिर द्धारा धर्मदेशना दिनुहुदै ।
बुद्ध शिक्षा विकाश (BSB Foundation Nepal) नेपालले तनहुँमा यहि सावनको १६ र १७ गते दुई दिने बुद्ध शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केशबटारको वडा सभाहल,बन्दिपुरको बौद्ध सदन शाक्यमुनी मोनेस्ट्री र दुलेगौडाको बौद्ध शान्ति सदन धम्महलमा बुद्ध शिक्षा प्रशिक्षण दिईएको हो । बुद्ध शिक्षा विकाश नेपालका संयोजक भिक्षु मेधङकर स्थविर र सदस्य एबं पूर्ब मन्त्री डा.केशबमान शाक्यले बुद्धदर्शनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
बन्दिपुर बौद्ध सदनमा डा. केशबमान शाक्य द्धारा बुद्ध शिक्षा बारे प्रशिक्षण दिनु हुदै
कार्यक्रमलाई ब्यबस्थापन र सहजिकरण गर्नुहुने मगर संघ यू.केका निबर्तमान अध्यक्ष एबं चेरीउडका काउन्सीलर नेम थापा मगर , बन्दिपुर गाउँपालीकाका अध्यक्ष पुर्ण सिङ थापा मगर साथै ब्यास नगरपालीका वडा नं. १४ केशबटारका वडा अध्यक्ष काजिमान श्रेष्ठ र तनहुँको शुक्लागण्डकी – ४,दुलेगौंडा,पुलचोक स्थित बौद्ध शान्ति सदनका अध्यक्ष सु.सुर्य बहादुर थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी उत्साहजनक उपस्थिति रहेको थियो भने धर्मदेसना सुनेर सबै उत्साहित भएका थिए ।
धर्मदेशना र बुद्ध शिक्षा प्रशिक्षणमा सहभागी केशबटारका बासिन्दाहरु ।बौद्ध शान्ति सदन दुलेगौडाका अध्यक्ष सुर्य ब.थापा र भिक्षु मेधंकर ।बौद्ध सदन शाकयमुनी गुम्बा बन्दिपुरमा गा.पा.का अध्यक्ष पुर्ण सिंग थापा मगर द्धारा अथितिहरुलाई स्वागत गर्दै ।धर्मदेसना पश्चात भिक्षु मेधंकर, श्रामणेर सान्त समाल,डा.केशबमान शाक्य,पूर्ब डि.एस.पी.नर ब. थापामगर , हुम ब. थापा मगर र केशबटारका वडा अध्यक्ष काजिमान श्रेष्ठ ।बन्दिपुर गा.पा.का अध्यक्ष पुर्ण सिंग थापा मगर ज्यू बाट बन्दिपुरको १५ तले क्वीनटावर अवलोकनको लागी अगाडी बड्दै ।केशबटारको लागी बुद्धमुर्तीको प्रस्तावित जग्गा ।तनहुंको दुलेगौडा स्थित बौद्ध शान्ति सदनमा अध्यक्ष लगाएत वापा मापा द्धारा भिक्षु ज्यु लगाएत अतिथिहरुलाई स्वागत गर्दै ।तनहुंको दुलेगौडा स्थित बौद्ध शान्ति सदनमा अध्यक्ष लगाएत वापा मापा द्धारा भिक्षु ज्यु लगाएत अतिथिहरुलाई स्वागत गर्दै ।बिएसवि फाउन्डेशनका सस्य डा. केशवमान शाक्य, संयोजक भन्ते माधङ्कर, कोषाध्यक्ष हुम बहादुर थापा र वडाअध्यक्ष काजीमान श्रेष्ठ, केशवटारमा बौद्ध गुम्बा निर्माणको लागि प्रस्तावित जग्गा माथि छलफल गर्दै ।तनहुंको बन्दीपुर, बौद्ध सदन शाक्यमुनी गुम्बाका लामागुरु तथा गुम्बा अध्यक्ष गणेश गुरुंग द्धारा स्वागत गर्दै ।तनहुंको बन्दीपुरमा निर्मित १५ तले क्वीन्स टावर भवन निमार्णको अन्तिम चरणमा ।