राज्यसत्ता,

राष्ट्रिय जनमुक्ति पार्टीले श्रावण १४ गतेका दिन स्व. नानी महर्जनको निधनमा एक शोक सभा सम्पन्न गरेको छ ।

शोक सभामा काठमाण्डु र ललितपुरमा बसोबास गर्ने पार्टीका नेता कार्यकर्ता
शोक सभामा उपस्थित भएर स्व. नानी महर्जनलाई श्रद्धान्जली दिएका थिए । ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि निवासि राष्ट्रिय जनमुक्ति पार्टी नेवा(तामसालिङ राज्य परिषद(बागमती प्रदेश) का अध्यक्ष ए.स. के. महर्जनज्युको ममतामयि आमा नानी महर्जनको मिति २०७८ श्रावण ६ गतेका दिन ८१ वर्षको उमेरमा भएको निधनले बहुजातीय लोकतान्त्रिक समाजवाद (Multiethnic Democractic Socialism)को महान लक्ष्यलाई अपुरणिय क्षति पुगेको छ । यस दुःखद घडिमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति पार्टी हार्दिक समवेदना प्रकट गर्दछं ।
शोक सभामा पार्टीका बरिष्ठ उपाध्यक्ष क्या. यम बहादुर बुढाथोकी मगरले शोक मन्तब्य दिनु भएको थियो भने नेपाल बिध्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पुर्ण बहादुर राना मगरले कार्यक्रम सहजिकरण गर्नु भएको थियो ।
