शीर्षक-घाँसी (कविता)

राज्यसत्ता,
सावन ३ , काठमाण्डौ ।

भानुभक्त को पनि, भानुभक्त,
घाँसी, खड्ग ठाडा मगर थिएछ ।

जिवित छदै भानुभक्त लाई,
कर्म गर, खल्ती मात्र नभर,उपदेश दिएछ ।

उदाहरण स्वरुप,
तनाहुमा घाँसी खड्ग ठाडा मगरले, कुवा खानाएछ ।

पाटी, पौवा, बाटो, घाटो चौतारा,
चौतर्फी घाँसी, स्वयमले बनाएछ ।।

भानुभक्तले, घाँसी खड्ग ठाडा मगरलाई,
आफु भन्दा दरिद्र देखेछ ।

मान्छे यस्तो,उ भित्रको हिकमत कस्तो,
भनी घाँसी कविता लेखेछ ।।

भानुभक्तले, खड्ग ठाडा मगर
बाट, जब पाए छन् भरपुर अर्ती ।

किर्ती रहोस् भनेर तब लेखन सुरु गरे छन्,
लगाएर काला टोपी बर्दि ।।

फलतः भानुभक्तले, रामायण को
अनुबाद र अन्य कविता लेखेछन् ।

घाँसी दरिद्र तर उ भित्रको चरीत्र,
आफ्नु भन्दा, महत्त्वपूर्ण देखेछन् ।।

अन्ततः घाँसीको,आख्यान कविता,
धेरै किर्ती लेखेर, भानुभक्त गएछन्।

घाँसी को अर्तिले, सिर्जित कृति,
लेखेर,भानुभक्त, अमर भएछन्। ।

घाँसीले बनाएका,कुवामा,
बटुवा, गाउले,अझै पनि
तिर्खा मेटाउछन्।

कुनै ठाउमा, घाँसीले निर्माण गरेका पाटी,
पौवा अवशेष अझै भेटाउछन्।

धन्यछ घाँसी,खड्ग ठाडा मगर,दुखमा हासी,
मार्गदर्शन सबैलाई गरायौं

निस्वार्थ बनी, साराको हित गरौ भनि,
सबैको दिमागमा ज्ञान भरायौ ।

रचनाकार : औतारी साइला