दलित र हिन्दु नेतालाई किरातीको सुझाव ।

Read Time:6 Minute, 52 Second

राज्यसत्ता
काठमाण्डौ ,असार १९ – दलित र नेवारमा बिभाजन ल्याउने हिन्दुधर्मको भास्यले एकदिन देश नै बिभाजित गर्न सक्दैन भन्न सकिन्न !

आदरणिय दलित नेता आहुती ज्यु अभिभादन ,

धर्म चाहिँ हिन्दु मान्ने, अनि दलित चाहिँ नसहने भन्ने कुरा चाहिँ हावादारी हो। सबै भन्दा राम्रो समाधान देश भरको दलितले कि हिन्दु धर्म संशोधन गराएर 19ओैं पुराण लेख्न पर्यो,या त सामुहिक रुपमा हिन्दु धर्म छोड्नैपर्छ, कि चुपचाप उत्पिडन सहनै पर्छ।

यो कोटा- फोटा संविधान नियम कानुन तपसिलका बिषय हुन,पार्टीहरु ले दलित माथी भोट बैंक मात्रै बनाएका हुन । भारतमा अम्बेडकर साबले सामुहिक रुपमा हिन्दु धर्म त्यागेर जातिय उत्पिडन बिरुद्ध बौद्ध धर्ममा प्रबेश गरी नयाँ एतिहास रच्नु भएको थियो।
यसकारण दलित नेता आहुतीज्यु , तपाईमा भएको माक्सबादी भुत उतार्नुहोस, दक्षिण एसिया माक्सबादको लागि उपयुक्त भुमि होइन , प्रचण्ड नै पाठपुजामा लागेपछि ओली ,देउवा,नेपाल ,खनाल लाई गाली गरेर हुदैन,तपाईं ले बुक लेखेर, रत्नपार्कमा मुकुन्दे जस्तो भट्टायाएर वास्तविक क्रान्तीकारी र दलित उत्पिडितको पक्षमा मुक्तिको निर्णय हुदैन।
गर्ने हो भने, कि हिन्दुधर्म शास्त्रमा व्यापक संशोधन सहित 19ओैं पुराण अनुमोदन गराउनुपर्यो,नत्र देशभरको दलित भेला गरेर हिन्दुधर्म बाट सामुहिक राजिनामा दिएर एतिहास रच्नुहोस,सधासर्बदा दलित उत्पिडनलाई मुक्ती दिनुस। नेपालमा बौद्ध धर्म मात्रै होइन , लाखौं करोडौं दलित समुदायलाई स्वागत गरिरहेको छ किरात सभ्यताले ।
जय दलित ,जय किरात।

आदरणिय बिस्व हिन्दु महासघको
युवा अध्यक्ष ऋषिकेष जङ्ग साह जय हिन्द!
हिन्दु धर्म पुन:स्थापना गरेर हिन्दु अधिराज्य नेपाल बनाउने अभियान आफैमा हिन्दुधर्मलम्बीहरु को लागि राम्रो हो। जुन किशिमको त्याग तपस्या सहित वैदिक हिन्दुधर्म पुन:स्थापना गर्ने अभियानमा हुनुहुन्छ यश प्रति अध्यक्ष ज्युलाई मेरो अग्रिम शुभकामना ।
अध्यक्ष ज्यु ,
वास्तबमा मैले देखेको सत्य, छलकपट रहित निस्वार्थ मानबसेवामा समर्पित हुनु पनि धर्मको बिसेस्ता हो। युगौं देखि DNA सँगै तपाईहरुको रगतमा बगेको हिन्दुधर्मले किरात सभ्यता को अवसान गराए पछि पनि निरन्तर हालसम्म देशको रुलिङ पावरमै हुनुहुन्छ।अरुको के कुरा गरौं र ? कमरेड प्रचण्डले नै बैदिक पाठपुजा निरन्तर गरिराख्नु भएको छ।
यस बिच मा भएको कमि कमजोरी हरु तपाईहरु ले आफ्नो धर्ममा नदेखे पनि अन्य सभ्यता वालाहरु र जातीहरु त धार्मिक उत्पिडनमा परेका छन। यो कुरा त भखरै राजधानीमा देखिएको हिन्दुधर्म भित्र भएको छुवाछुत प्रथाले दलित र नेवार समुदाय बिच पुरै बिभाजन गर्न सफल भयो ।यी त एक सानो उदारहण मात्रै हुन , फेरि यस्ता जटिल समस्याहरु त कति छन कति ?
फेरि हामी हिन्दु धर्म सुधारोस भनेर , कमि कमजोरी सहित कडा डिस्कोर्ष गर्दा ,कमजोरीहरु ओैलाईदिदाँ IS जतिकै अहिले भेटे ठोकिहाल्ने गरि धम्की आउँछ। के धर्मले यहि सिकाँउछ र अध्यक्ष ज्यु ?
त्यसकारण अध्यक्ष ज्यु तपाईले सिङ्गो वैदिक हिन्दु धर्म को युवा पुस्तालाई विश्व-ब्यापी हाँक्दै गर्दा,हिन्दु धर्म भित्रको धर्म सुधार आन्दोलन प्रथामिक्ताको साथ गर्नै पर्छ।

मेरो सुझाब अध्यक्ष ज्युलाई तपसिलमा छ।
१)ब्याबाहरिक रुपमै पशुपति नाथ बाबा लाई साँची राखेर पशुपतीनाथ मन्दिर परिसरमा लाखौं दलितहरु र हिन्दु धर्म बिच संयुक्त धार्मिक भोज आयोजना गर्नुहोस। ताकी सन्सारले गवाही दिउन ,बर्णाश्रम र जातिय छुवाछुत हिन्दुधर्ममा अन्त्य भएको आधिकारिक रुपमा ब्याबहारिक कार्यक्रम देखियोस।

२) माथीको कार्यक्रम लाई धार्मिक दस्तावेजको रुपमा अनुमोदन गर्न बिस्वभर रहेका अन्तरास्ट्रिय हिन्दु धार्मिक सम्मेलन गराएर 18 पुराणबाट संशोधन सहित अहिले सम्म भए गरेका नकारात्मक कुराहरु हटाएर एक मात्रै साझा हिन्दु धर्मको साझा दस्तावेजको रुपमा “19ओैं पुराण ” अन्तरास्ट्रिय स्तरमा महासम्मेलन द्वारा पारित गर्नुहोस।

यी दुई कार्यक्रम पछि मात्रै हिन्दुधर्मको महायज्ञका रथहरु दौडन सक्छ।नत्र त जति नै राम्रो कुरा भए पनि नकरात्मक कुराले अघि बढ्नै सक्दैन। त्यसैले हामी किरातीहरु लाई गालीगलौज गर्नु भन्दा,दलितहरु सधै खिन्न भएर बाँच्नु भन्दा,नेपालमा यति सारो ईसाई किन फैलियो भनेर रिस गर्नु भन्दा सिङ्गो हिन्दु धर्मको कमिकमजोरी सच्चाएर अघि बढ्दा राम्रो।यो क्षमता तागत तपाईमा छ गर्नु नगर्नु अध्यक्ष ज्युको तजबिज।
जय हिन्द!

-टेन्दोङ मिवाक किरात(फेसबुक श्रोत)

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %