मातृभाषामाथी प्रतिबन्ध गरेको बिरुद्धमा कार्यक्रम सम्पन्न !

Read Time:3 Minute, 27 Second

राज्यसत्ता,

काठमाण्डौ , जेठ १८ – आज आदिबासी जनजातिहरुको लागी कालो दिन रहेकोले भर्चुअल मार्फत बिभिन्न देशमा रहेका आदिबासी जनजातिहरुले बिरोधका कार्यक्रमहरु गरिरहेका छन ।

बहुभाषिक नेपालमा सर्वोच्च अदालतले २०५६ जेठ १८ गते मातृभाषामाथि प्रतिबन्ध लगाएको विभेदकारी दिनको सन्दर्भमा यो कार्यक्रम भएको हो । नेपाल आदिवासी जनजाति महासंघ,भाषिक मानवअधिकार समाज नेपालको आयोजक र आर्टट्रिको सहकार्यमा सम्पन्न भएको हो ।

वि.सं.२०५४ सालमा काठमाडौँ नगरपालिकाले नेपाल भाषा, धनुषा जिविसले मैथिली भाषा र राजविराज नगरपालिकाले मैथिली भाषालाई नेपाली भाषाको अतिरिक्त ती भाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

तर, यसका विरूद्ध भाषा क्षेत्रमा विसङ्गति आउने आरोप लगाउँदै यज्ञनिधि दाहाल लगाएत एकात्मकबादी चिन्तन भएका व्यक्तिहरूले सो निर्णयलाई बदर गरी पाऊँ भनी सर्वोच्चमा मुद्दा दायर गरे । फलस्वरुप वि.सं. २०५६ साल जेठ १८ गते सर्वोच्च अदालतबाट मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न बन्द गर्ने फैसला भयो ।

सर्वोच्च अदालतले नेपालका मातृभाषामाथी अन्यायपुर्वक गरेको दमनको विरुद्धमा आदिबासी जनजातिहरु र सरोकारवालाहरुले प्रतेक बर्ष जेठ १८ गतेलाइ भाषिक कालो दिवसको रूपमा मनाउँदै आईरहेका छन ।

आफ्नै देशमा पनि स्वतन्त्ररूपले आफ्नो मातृभाषामा बोल्न,लेख्न नपाउने समुदायका सम्पूर्ण आदिवासी जनजातिहरुको यो कालो दिनलाइ सम्झिँदै एकात्मक राज्यसत्ताबिरुद्ध लड्न सबै शक्तिहरु एकजुटहुन सहभागी बक्ताहरुले आग्रह गरेका थिए ।

आजका वक्ताहरूः माननीय सुरेश कुमार राई ‘हिमाल’ (सांसद तथा नेता, नेकपा माओवादी केन्द्र), कल्पना लिङ्देन (भाषिक अभियन्ता तथा प्रधानाध्यापक), वेचन उराँव (अभियन्ता), सुजिव वज्राचार्य (भाषिक अभियन्ता) तथा कविहरूः आरती पटेल (अवधि भाषा), डिबि जिरेल (जिरेल भाषा), टासि दोङ्वा ह्योल्मो (ह्योल्मो भाषा) राजकुमारी दुरा (दुरा भाषा), शिबु मुर्मु (सन्थाल भाषा) थिए । मातृभाषामाथि हुँदै आएको दमन र प्रतिरोधसँग सम्बन्धित प्रभावकारी भिडियोहरु आर्टट्रिका वक्ताहरुले प्रस्तुत गरेका थिए ।
बक्ताहरुको कुरो हेर्न र सुन्न तलको लिङ्क दबाउनुहोस :
मातृभाषामाथि प्रतिबन्ध लगाएको विभेदकारी दिनको सन्दर्भ

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %