राज्यसत्ता,

बुटवल ,चैत्र ३१ – नेपाल मगर संघ केन्द्रिय समितिको १२ औ महाधिवेसन समय भन्दा झण्डै दुई बर्ष पछाडी धकिलीएको छ ।
केन्द्रिय समितिको चैत्र २८ गते रुपन्देहीको बुटवल अमर भवनमा बसेको १७ औ पूर्ण बैठकले २०७८ साल माघ १९ – २२ गते दाङ्गको घोराहीमा गर्ने निर्णय गरे संगै महाधिवेसन पर सारिएको हो । बर्तमान कार्य समिति २०७३ साल बैषाक २२ – २५ गतेको ११ औ महाधिवेशनबाट निर्वाचित भयर आएको थियो । हालको केन्द्रिय समितिको चार बर्षे कार्यकाल २०७७ बैषाक २५ गते समाप्त भईसकेको छ ।
कोभिड – १९ का कारण प्रतक्ष्यरुपमा बैठक बस्न सकेको थिएन । तथापि यस भन्दा पहिला (भच्र्युल) जुम मार्फत २०७७ कार्तिक ५ गतेको १५ औ नियमित पूर्ण बैठकले फागुन १५ देखि १८ गते मगरात ,लुम्बिनी प्रदेशको रोल्पा लिबाङमा गर्ने निर्णय गरिएको थियो । बैठकमा निर्णयहरु मत्र गर्ने तर, कार्यान्वयन गर्न चुकेको बैठकमा सहभागीहरुले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

