पूर्ण राना मगर,

स्याङ्जा वालिङ, २०७७ चैत २८ – राष्ट्रिय जनुमुक्ती पार्टी स्याङ्जा जिल्ला समितिको पाचौं जिल्ला अधिवेशन बम लामिछानेको अध्यक्षता र पार्टीका संघीय परिषद सदस्य तथा तमुवान-मगरात(गण्डकी) प्रदेश समितिका अध्यक्ष मन्धरी आलेको प्रमुख आतिथ्यतमा स्याङ्जा जिल्लाको वालिङमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि आलेले जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातीक प्रतिनिधित्व र पहिचान सहितको संघियता संविधानमा लिपिवद्ध नभएसम्म जनमुक्ति पार्टीको आन्दोलन जारी रहने वताए । अर्को प्रसङ्गमा आलेले ओलीसरकारको अकर्मण्यता र हठको कारण मुलुक संकटको भुमरीमा धकलिएको वताउनुहुँदै प्रतिपक्ष कांग्रसले पनि अप्रत्यक्ष रुपमा ओलिलाईनै साथ दिएकोले राष्ट्रले सहि राजनीतिक निकास पाउन नसकेको वताए ।

जिल्ला सहसचिव एकुरानाको सवागत मन्तव्य र सचिव कृष्णमाया रानाले संचालन गरेको कार्क्रममा पार्टीका संघीय महासभा सदस्य पदम गाहा, गण्डकी प्रदेशका उपसचिव ईश्वर रानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

करिब १६५ जना प्रतिनिधि र पर्यवेक्षक सहभागीता रहेको पाचौ जिल्लाअधिवेशनले बम लामीछानेको अध्यक्षतामा क्रमशः उपाध्यक्ष एकुराना, सचिव कृष्णमाया राना,कोषाध्यक्ष केशरी थापा,उपसचि भुवन थापा ,संगठन सचिव केशर थापा लगायत १५ सदस्यीय समिति निर्माण गरेको छ । बाँकी एघार जना सदस्य भूगोल र क्लस्टर मिलाई मनोनित गरिने नव निर्वाचित अध्यक्ष लामिछानेले वताए ।
उक्त अधिवेशनले ११ बुँदे ” वालिङ सांगठनिक घोषणापत्र ” जारीगर्दै अधिवेशन सम्पन्न गरेको छ।
