ठिमुरेको चण्डी प्रा.बिले ३६ औ बार्षीक उत्सव मनायो

Read Time:1 Minute, 36 Second

पाल्पा, फागुन १७
रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ , ठिमुरेको घोर्लीखरकमा रहेको चण्डी प्रा.बि को ३६ औ बार्षीक उत्सव तथा अविभावक दिवश सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सान बहादुर गाहा मगरको अध्यक्षता र वडा नम्बर ६ का अध्यक्ष तुल बहादुर जि.सीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नारायणी मा.बि.का जनक जि.सि,नेपाली कांग्रेसका वडा अध्यक्ष दिपक पचभैया , ने.क.पाका वडा अध्यक्ष प्रकाश रायमाझी ,नेपाल मगर भुपू सैनिक तथा प्रहरी संघका कुन्द्रिय अध्यक्ष एबं नेपाल मगर संघका केन्द्रिय सदस्य हुम बहादुर थापा पचभैया , चण्डी प्रा.बि का पूर्ब शिक्षक बिष्णु ज्ञावली लगाएतको सहभागीता थियो ।

विद्यालयका प्रधानाध्यापक ताम बहादुर छहरी मगरले बार्षिक प्रगती प्रतिबेदन पेश गर्दे विद्यालयलाई यहा सम्म ल्याईपुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो । कार्यक्रममा बोल्ने बत्ताहरुले विद्यालयको सफलताको कामना गरेका थिए । शिक्षक राजेश यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %