(एक विश्लेषण)
त्रिलोक सिंह थापा मगर
ऐतिहासिक पृष्ठभूमि
सदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथाविभेदमा परेकाभूमिपुत्र, मूलवासी मगर जनजातिकाकेहि सचेत मगरहरूद्वारा काठमाण्डौमावि.सं. २०१२ बैशाख २६ गते “केन्द्रिय मगर समाज सुधार संघ” को स्थापनाभएको थियो । सो संघको उद्देश्य मगर समाजमाव्याप्त सामाजिक कुरीतीहरू उन्मुलनगर्नु, शिक्षाको प्रचार तथा सामाजिक परिवर्तनलाई अघि बढाउनु थियो । यसै क्रममावि.सं. २०१३ र २०१४ सालमाअधिराज्यकाविभिन्न भेगहरूमाक्रमशः मगर संघ संस्थाहरू खुल्नथाल्यो । वि.सं. २०१४ सालमागुल्मीजिल्लाको भार्से गाउँमा मगरहरूको पहिलो पश्चिमाञ्चलमहासम्मेलनधुमधामले सम्पन्नभयो । त्यस पछि मगरहरू सामाजिक संस्थाकानाममा सङ्गठित हुनथाले । यी सम्पूर्ण मगर संघ÷संस्थाहरूको मुख्य उद्देश्यहरू सामाजिकजागरण, सामाजिक सुधार तथा मगरहरूको संस्कृति, परम्परा तथा सामाजिक रीतिथितकिो सम्वर्धन एंवविकास थियो ।
राजनैतिक परिवर्तन (वि.सं. २०१७)
वि.सं. २०१७मामुलुकमाबहुदलीयप्रजातान्त्रिकशासन प्रणालीको विघटन भयो । निर्दलीय, एकतन्त्रीय र निरकुंशपंचायनशासन प्रणाली लागु भयो । राजनैतिकदलकासाथै सामाजिक संघ÷संस्थाहरूको सामाजिक, साँस्कृतिक, गतिविधीहरूमा राज्यले प्रतिबन्धितग¥यो यसरी त्यी संस्थाहरूनिष्कृय एंवखारेज हुनपुग्यो ।
वि.सं. २०१७ सालमापञ्चायतव्यवस्थालागु भएको एघार वर्ष पछि वि.सं. २०२८ सालमा केहि उत्साही मगर युवा र विद्यार्थीहरूको प्रयासबाट पुन काठमान्डौमा मगरहरूको “लाङ्गघाली परिवार संघ”को नामले संस्था गठन भयो । त्यसपछि वि.सं. २०३२मा“कानुङ्ग लाङ्गघाली परिवार” रुपनदेहीमातथा“मगर समाज कल्याण समिति”को नामले म्याग्दीमा मगर संस्थाखुल्यो । वि.सं. २०३५ देखि २०३६ सम्मको अवधिमा “लाङ्गघाली परिवार”, “मगर समाज सुधार समिति”, “मगर समाज कल्याण समिति”आदिनामहरूले अधिराज्यकाविभिन्नजिल्लाहरू तथा भेगहरूमा मगरहरूको सामाजिक संस्थाहरू गठन हुनथाले । यो सम्पूर्ण संस्थाहरूको एउटै लक्ष्य मगर समाजमाजागरण र सामाजिकउत्थानथियो ।
नेपाल मगर संघ स्थापनादिवस (फाल्गुण १५ गते)
अधिराज्य भरि छरिएर रहेकातथाविभिन्ननामले स्थापनाभएका मगर संघ÷संस्थाहरूको एउटै दर्शन, उद्देश्य र लक्ष्य रहेको हुदात्यी सबैलाई एउटै छातामुनि आवद्ध, सङ्गठित र गोलबद्ध गर्न आवश्यक देखियो । यसै सन्दर्भमा“नेपाल मगर संघ”का संस्थापकअध्यक्ष्य हेम बहादुर पुनको अध्यक्ष्यतामा“नेपाल लाङ्गघाली परिवार” तदर्थ समिति (२०३८ माघ २८ र २९) गठनगरियो । सो समितिले अधिराज्य भरि छरिएर रहेका मगर समुदाय र मगर संघ÷संस्थाहरूलाई एउटै ठाँउमा जुटाउने र जोड्ने प्रयास गर्न थाल्यो । सो समितिको प्रयासहरू यस प्रकार छन्ः
क) वि. सं.२०३९ सालफागुन१४, १५ र १६गते तनहुँजिल्लाको दमौलीमा“नेपाल लाङ्गघाली परिवार”को प्रथम राष्ट्रिय महाधिवेशनआयोजनागरियो । मेची देखि महाकालीसम्मकामगर संघ÷संस्थाहरुलाई एउटै संस्थाअन्तरगत संगठित एवं आवद्धगरियो । यो महाधिवेशनमगरजनजातिकालागिअत्यन्त महत्वपूर्ण र ऐतिहासिकहुनगयो ।२०३९ फागुन १५ गतेकादिनअधिराज्य भरि छरिएर रहेका मगरहरूको सामाजिक संस्था एक ठाउँमा ऐक्यबद्ध र गोलवन्दभए ।
ख) मगर समाजमातीनथरिकाभाषाबोल्ने वक्ता, विविधधर्ममाआस्था राख्ने मगरहरु,विभिन्न थरका मगरहरु, स्थानीयवातावरणअनुसारका भेष भूषा, पहिरन, सामाजिक चाडपर्व, विविध पेशामा संलग्नएवं राजनैतिकदर्शनमाविश्वास राख्ने मगर समुदाय र मगरहरु एउटै संस्थामाऐक्यवद्धहुनआए । एउटै लक्ष्यर एउटै बाटोमा हिड्न संकल्प गरे । मिलेर जाने जुटेर हिड्ने अठोट गरे ।
ग) त्यसै लागि फाल्गुण १५ गतेलाई विविधताले भरिएको मगर समाजले मगरहरूको “मगर एकतादिवस”, “लाङ्गघाली दिवस”, “मगर संघ स्थापनादिवस”आदिनामले सास्कृतिएंव सामाजिक चाडपर्वको रुपमामनाउने गर्दछन् ।
घ) “विश्व भरिका मगरहरू एक हौ”नाराले फाल्गुण १५गते गुञ्जयमान हुन्छ ।
ङ) मगरात समाजको मौलिक संस्कृति, भेषभूषा, पहिरन, नाँचगान, खाना, खेलकुद, मनोरञ्जनका साथै ऐतिहासिक सामाजिक विशिष्ठताहरूको सार्वजनिकप्रदर्शन भव्यरुपमागर्ने गर्दछन् ।
च) ठाउँठाउँमा विशालजन समूह, ¥यालीतथामार्चपाष्ट गरेर मगरहरूले आफ्नो एकता र एकवद्धता देखाउँछन् । वास्तवमा मगर र मगर समुदायको “राजनैतिकशक्ति”को प्रर्दशनको दिनपनि फाल्गुण १५ गते हो ।
छ) “नेपाल मगर संघ”ले विगतमा गरेकागतिविधीको समीक्षा, मुल्याङ्कनतथाआगामीवर्षहरूमागरिने भावीकार्यक्रमहरूको घोषणा गर्ने दिनपनिहो ।
ज) मगर समाजर मगरहरू आफ्नो आदिकाल देखिको पहिचानएंवचिनारीलाई सम्वर्धन, संरक्षण तथाप्रवर्धन गर्न गराउनअलिकतिपनि पछि हट्ने छैन भन्ने दृढ्तालाई सामुहिकतथा सस्थाँत्मक रुपमा सञ्चार गर्ने दिनपनिहो ।
सुझावहरूः
१) मगरात राज्यको पक्षमाजनमततयार गर्न तथाआवश्यकवातावरणको सृर्जनागर्न गराउनको लागि“फाल्गुण १५ गते”को दिनलाई “मगरातदिवस”को नामले भव्य समारोह मनाउने अभियान सञ्चालनगर्नु गराउनु उपयुक्तहुनेछ ।
२) प्रथम सहिदलखनथापाको बुङ्गकोट गोर्खामातथा मगर राजाबलिहाङ्गको पाल्पामा स्थित किल्लाहरूको जिर्णोद्वार, पुर्ननिमाण अविलम्बहुनुपर्नेै माग र दवाव राज्यमाथिदिनु पर्ने ।
३) गोर्खाको बुङ्गकोटमा लखनथापामगर म्यूजियम स्थापनागर्ने । सो स्थलमावि.सं. २००७ सालको क्रान्ति, दुवै जनआन्दोलनतथादशवर्षे जनयुद्धमा सहिदभएका मगरहरूको सालिक स्थापनागर्न राज्यमाथिदवाबदिने अभियान सञ्चालनगर्नु पर्ने ।
४) “नेपाल मगर संघ केन्द्रिय समिति”मा क) मगर अनुसंधानमुल्याङ्कन र अनुशरण उपाध्यक्ष्य, ख) मगर जनशक्तीउपाध्यक्ष्यतथा ग) सूचनाएंवप्रकाशनउपाध्यक्ष्यपदहरू सृर्जनागर्नु पर्ने घ) संघको सूचना र अनुसन्धानमूलकमूखपत्र“मगरात”लाई प्रत्येक चौमासिकरुपमाप्रकाशनगर्नु पर्ने ।
निष्कर्शः
क) राष्ट्रिय स्तरका राजनीतिकदलहरूले मगर जनसंख्यालाई प्रभावितगर्न आ–आफ्नो दलमा मगर भातृ संगठन गठन गरेका छन् । यस सन्दर्भमा“नेपाल मगर संघ”ले राजनैतिकदलहरूको प्रभावबाट सकेसम्मआफूलाई अलग राखेर विशुद्ध सामाजिक संस्थाको रुपमाभूमिका खेल्नुपर्नेहुन्छ ।त्यसकालागिसंघको केन्द्रिय समितिकापदाधिकारीहरूले आ–आफ्नो पदावधिसम्म सम्बन्धित राजनैतिकदलको साधारण सदस्यता बाट स्वच्छाले परित्याग गर्ने नियमसंघको विधानमा समावेस गर्न उपयुक्तहुनेछ ।
ख) मगरहरूको गुमेका र खोसेकाभूमिफिर्ता लिनविविधसामाजिक, राजनैतिकदल, प्राज्ञिक, व्यवसायिक, शैक्षिक र साँस्कृतिकआदिपक्षसँगजोडिएका सम्पूर्ण मगर तथा गैर मगर समाजको प्रतिनिधित्वएंव संलाग्नतामा“मगरात संघर्ष मोर्चा”लाई अझव्यापकतथा सशक्तबनाउन“नेपाल मगर संघ”ले समन्वयनात्मकनिर्णायकभूमिका खेल्नु पर्ने हुन्छ ।
मगरातदिवस फाल्गुण १५ गते
Read Time:9 Minute, 43 Second