फागुन १५ अर्थात शनिबार ३९ औ मगर स्थापना दिवस मनाइदै

Read Time:1 Minute, 23 Second


पाल्पा, फागनु १५
शनिबार अर्थात फागुन १५ गते । देश तथा विदेशमा रहेका मगर संघ तथा संघका भातृसंगठनहरुले ३९ औ मगर स्थापना दिवस मनाउँदैछन् । २०३९ साल फागनु १५ गते स्वर्गिय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको संझनामा मगर संघ र यस संग सम्वन्धित संघ सँस्थाहरुले स्थापना दिवसको रुपमा मगर दिवस मनाउन लागेका हुन् । मगरका भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागी स्थापना भएको लाङ्घाली परिवारसंघ पछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघका संस्थापक महासचिब सुरेश आले मगरले जानकारी दिनुभयो ।

मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिएपनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %