प्रथम सहिद लखन थापाको १४४ औ स्मृति दिवस मनाइदै

Read Time:1 Minute, 12 Second


पाल्पा, फागनु २
बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४४ औ स्मृति दिवस आईतवार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा देश भरी विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ ।

जहानिया राणा शासन बिरुद्ध आन्दोलन चलाएका प्रथम शहिद लखन थापा मगरलाई राणाहरुले बि.सं १९३३ फागुन २ गते आजकै दिन गोर्खाको बुङकोटमा खिर्राको रुखमा झुण्ड्याएर मृत्यू डण्ड दिएका थिए । २०५६ साल फागनु १९ गते शहिद घोषणा गरेको नेपाल सरकारले लखन थापा मगरलाई बि.सं २०७३ असोज ३ गते शहिद लखनलाई प्रथम सहिद घोषणा गरेको थियो । १४४ औ लखन स्मृति दिवसका अवसरमा नेपाल मगर बिद्यार्थी संघ केन्द्रको आब्हानमा शनिबार बेलुकी देशैभरी दिपप्रज्वलन गरिएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %