राज्यसत्ता,
काठमाडौं, पुष २४ ।

राष्ट्रिय जनमुक्ति पार्टी, स्थायी समितिको काठमाण्डौमा २०७७ पुष २१ र २२ गते बसि बैठक सम्पन्न गरेको छ । पार्टीका अध्यक्ष खड्ग प्रसाद पालुङवाको अध्यक्षतामा बसेको राष्ट्रिय जनमुक्ति पार्टीको बैठकले गरेका मुख्य निर्णयहरू प्रेष विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
पार्टीले गरेका निर्णयहरू :
१) यही पुष ५ गते घटाईएको प्रतिनिधि सभा विघटनको घट्ना रहस्यमयी, खेदजनक र भत्सर्नायोग्य जनाएको छ । प्राप्त सुविधाजनक जनादेशमाथि कुठाराघात गर्दै आपसी कलह र द्वन्द्वका आवरणमा चालिएको यो कदमले देशलाई पुनः अस्थिरता तर्फ धकेल्ने निश्चित छ । यो घट्नाले देशको राजनीतिमा थप जटीलता सृजना गर्नुका साथै हाल सम्म प्राप्त उपलब्धीहरूको स्थायित्वमा समेत चूनौति खडा गरेको छ । यसलाई जनस्तरर सडकबाट खबरदारीका लागि पार्टीले पहिलो चरणमा प्रदेश राजधानीहरूका साथै काठमाडौंमा “विरोध तथा खबरदारीसभा”आयोजना गर्नेछ ।
२) पार्टीको ३०औं स्थापना दिवस २०७७ माघ ६ गते लाई रचनात्मक कार्यक्रम सहित भव्य रूपमा मनाउनका लागि मातहतका पार्टी संगठन, जनसंगठनहरूका साथै प्रवास समिति (जनमुक्ति मञ्च) लाई समेत निर्देशन र आव्हान गरिएको पार्टी महासचिव केशव सूर्यवंशीको हस्ताक्षरित बिज्ञप्ति मार्फत जनाईएको छ ।