राज्यसत्ता,
काठमाण्डौ , पुष २२
कोविड रोकथामको लागी ईग्ल्याण्ड र स्कटल्याण्डमा गएका महिनाहरु भन्दा कडा र नयाँ लकडाउन लगाईएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन, ईग्ल्याण्डमा सबैजना घरमै बस्नुपर्नेछ । नयाँ कोरोनाभाइस लकडाउनको कारणले स्वीकृती पाएका ब्यक्तिहरु बाहेक अन्य घर बाहिर निस्कनु पाईने छैन । प्रधानमन्त्रीले भने यो लकडाउन फेब्रुअरी मिडसम्म चल्ने छ ।
आज ६ जववरी मंगलबार देखि सबै स्कूल र कलेजहरू प्रायः बन्द हुनेछन र विद्यार्थीहरू पढाईबाट बन्चित नहौन भन्नाका खातिर सबै स्कूल र कलेजहरूले अनलाईनबाट पढाउने छ न ।
प्रधानमन्त्रीले चेतावनी दिदै भने ,आगामी हप्ताहरू सब भन्दा कडा र अझै गाह्रो हुनेछ ।
बोरिस जोन्सनले भनेका छन, शीर्ष चार प्राथमिकता प्राप्तगर्ने समूहलाई अर्को महिनाको मध्य सम्ममा कोबिडको बिरुद्धमा पहिलो खोप दिइनेछ ।
सबै हेरचाह गर्ने घरका बासिन्दाहरू र उनीहरूका हेरचाहकर्ताहरू, ७० बर्ष भन्दा माथिका सबै, सबै फ्रन्टलाइन स्वास्थ्य र सामाजिक हेरचाहकर्मीहरू, र चिकित्सकीय रूपमा अत्यन्त कमजोर जोखिमयुक्त हरूलाई फेब्रुअरी मिडमा एक खोप दिइनेछ ।
हवाईमार्ग बाट भने यात्रुहरु आवत जावत गर्न कुनै रोक नगाईएको तर, अनिबार्य पि.सि.आर रिर्पोट नेगेटिप हुनु पर्ने छ ।