राज्यसत्ता,
काठमाण्डौ,पुस १०-तनहुँ जिल्लाको भन्तारको गजरकोट घिरिङ्ग –१ माभब्य किशोर बौद्ध विहार बन्ने भएको छ । पाल्पा,स्याङ्गजा, तनहुँ र नवलपुरको सिमानामा रहेको कालिगण्डकीको दोसाधमा रहेको ७३ रोपनी ३ आना २ पैसा क्षेत्रफलमा फैलिएको उक्त जग्गामा बोद्धधाम बन्न लागेको जग्गादाताका एक सदस्य बुद्धिराम थापा मगरले जानकारी दिनु भयो ।
मिति २०७७ साल मंसिर १५ गते पाल्पा ,रिब्डीकोट बुद्धविहारमा बुद्धमूर्ति स्थापना गर्न जानुभएका प्रमुख अतिथी अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थबिर,नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा बिकास समितिका कार्यकारी सदस्य एबं रिब्डीकोट बौद्ध विहार प्रमुख भिक्षु मेधंकर स्थबिर,किशोर बुद्ध विहार भन्तार तनहुँका विहार प्रमुख भिक्षु ज्ञानेन्द्र महास्थविर कोबिद, गुम्बा विकाश समितिका पूर्ब उपसचिब मनि गुरुङ्ग, ईन्जिनियर शुनिल खापुङ्ग र पाल्पा रिब्डीकोट बौद्ध विहारका अध्यक्ष हुम बहादुर थापा मगरको टोलीले मंसिर १६ गतेका दिन फिल्डभिजिट गरि विहारका कार्यसमितिलाई सुझाव दिएर फर्केको थियो ।
(हेर्नुस त यो हो किशोर विहारको निमार्ण स्थल – भिक्षु मेधंकर नारायण बहादुर आले मगर)
बुद्धिरामका अनुसार मिती २०७७ पुस १ बुधवार तदानुसार १६ डिसेम्बर,२०२० का दिन किशोर बुद्ध विहार भन्तार गजरकोट घिरिङ्ग – १ र National Geographical Model of Map तिलोत्तमा न. पा. २ रुपन्देही स्थित अन्तराष्ट्रिय परियती उदय विहार बिच दुवै पक्षले निम्न बिषयमा छलफल गरि किशोर बुद्ध विहार क्षेत्र आध्यात्मिक सामाजिक तथा पर्यटन प्रबर्धनमा जोड दिई विशेष योजनाका साथ विकास निर्माणका लागि तयार गर्नु पर्ने आवस्यक भएको हँुदा Details Project Report (DPR) तथा Environmental Impact Assessment (EIA) दुवै तयार बनाउनका लागि सम्झौता पत्रमा दुवै संस्था पक्षहरुले हस्ताक्षर भएको व्यहोराको जानकारी गराउनु भयो । मिती २०७७ पुस ४ गते शनिवार बिहानै देखि भौगालिक Geographical नापी हुने व्यहोराको समेत जानकारी दिनु भएको थियो ।

किशोर बुद्ध विहार बिकास परियोजना DPR तयार सम्झौता मा संलग्न Geographical का नापी टोलि प्रमुख प्राबिधिज्ञ DSP कृष्ण बहादुर रासकोटी मगर लगायतका इन्जिनीरहरुले परियोजनाका खाका अनुसार (विहार र विहार रेखदेख, शिक्षा परोउपकार तथा पर्यटन) ३ ब्लोक block हरु मा विभाजन प्रथम चरणको काम नापी कार्य सम्पन्न गरेको छ । किशोर बुद्ध विहार बिकास क्षेत्रको नापीमा दक्षिण तर्फ काली गण्डकी नियन्त्रण तटबन्धन लगाउनु पर्ने र सोको कार्य गर्नसके जम्मा क्षेत्रफल ७३ रोपनी ३ आना २ पैसा हुन आएको जानकारीे नापीटेलि प्रमुख रास्कोटी मगरले जानकारी दिनु भयो ।
को हुन स्व.किशोर बहादुर थापा मगर ?
किशोर बहादुर थापा मगरको बि.सं.१९८३ साल पुस २३ गते बिहिबारको दिन तनहुँ जिल्लाको भन्तारको गजरकोट घिरिङ्ग –१ माजन्म भएको थियो । उनले आफ्नो बाल्यकाल सोहि ठाउँ भन्तारमा बिताएका थिए । भन्तार ‘टार’ भएको र कालीगण्डकीको नजिकको फाँट,’टार’ भएकोले त्यो समयमा मलेरियाको प्रकोपको माहामारिले धेरैको ज्यान लिईरहेकोले किशोर बहादुरले ज्यान बचाँउन मावलीेघर गएर बसेका थिए । उनको शिक्षादिक्षा मावलीमै भएको थियो र उनि मावली बाटनै बृटिश आर्मीको ६ गोरखामा भर्ति लागेका थिए । किशोर बहादुर सार्जन्टमा अवकास लिएर आएपछि केहि समय पोखरा बुटिश क्याम्पको मेडिकलमा काम गरेपछि आफ्नो गाउ नजिकैमा स्वास्थ्यकेन्द्र खोलेर स्थानियबासीको सेवामा लाग्नुका साथसाथैे स्व. थापा मगर बुद्धर्धममा श्रद्धवान हुनु भएको थियो । उहाँ बरिष्ठ समाजसेबि साथै गा.बि.स अध्यक्ष समेत हुनुहुन्थ्यो । थापा बि.सं.२०७० साल पुस १९ गते सुक्रबारका दिन दिबंगत हुनु भएको थियो ।

कसरि बन्यो किशोर विहार ?
किशोर थापा मगर भन्तारको जग्गामा कम मात्रामा आवतजावतले उनको जग्गामा जो कोहिको आँखा नलाग्ने कुरैभएन । र उनको जग्गालाई भटाभट सामन्ति बाहुनहरुले आफ्नो नाममा पास गरेको उनिपल्टन बाट पेन्सन भएर नेपाल फर्किसके पछिमात्र उनले चालपाए । उनिले आफ्नो जग्गा दाबिगर्दै अदालतमा मुद्धा त दिए तर जग्गा भने आफ्नो नाममा फर्काउन सकेनन , न त सामन्तीकोनै भयो । अदालतले सोझा लाहुरेमगरको जग्गा सरकारीकरण गरि दियो । किशोरका घर परिवार,स्थानियबासी र सरकारका त्रिपक्षिय समजदारिमा सो जग्गामा किशोर बुद्ध विहार बनाउने सहमतिमा मुद्धा टुंगिएको किशोरका माईला छोरा तथा बिहारका अध्यक्ष सु.पृथ्बीराम थापा मगर बताउछन ।
स्व.थापामगर बुद्धर्धममा श्रद्धवान हुनु भएको कारणले श्रीमती कौशिला थापा मगर ,छोराहरु बुद्धिराम थापा मगर, सुबेदार पृथ्वीराम थापा मगर र देबेन्द्र थापा मगर स.परिवारबाट सुगति तथा निर्वाण कामना गरि उहाँको सम्मानस्वरुप किशोर बुद्धविहार नामाकरण गरिएको हो । यस विहार मिति बि.सं.२०७६ साल पौष १९ गते स्व. थापाको छैठौ बार्षिकि पुण्यतिथिकादिन विशेष धार्मिक समारोहको आयोजना गरि एको थियो । प्रमुख अतिथि पूर्बअर्थमन्त्री एबं सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आथित्यमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर एबं महासचिब श्रद्धय भिक्षु कोण्डन्य महास्थविरको विशेष आतिथ्यमा श्रद्धय भिक्षु महासंघलाई विहारको साँचो हस्तान्त्ररण गरि यस विहार संघ दान कार्य सम्पन्न गरिएको थियो ।
पर्यटकिय स्थलको सम्भावना :
बागमती प्रदेश , चितवन जिल्लाको देवघाट र मुक्तिनाथको करिडोरको बिचमा रहेको किशोर बौद्ध विहार आफैमा महत्वपूर्ण पर्यटकिय स्थलको रुपमालिन सकिन्छ । सिंगै देशको बिकाशले मूल फुटाउन सक्ने सम्भावना बोकेको यसक्षेत्रका तनहुँ,पाल्पा, स्याङ्गजा, र साबिकको नवलपरासीका बासिन्दाहरु बडि लावान्भित हुनसक्छन । पाल्पाको खतांग र तनहुँको भन्तारको बिचमा रहेको झोलंगे पुलले नवलपुर र पाल्पाका बासिन्दाहरुलाई आवतजावतमा सहज हुन्छ । भने पाल्पा रामपुर र केलादी को पुल र मैदीकोपुलले स्याङ्गजा,पाल्पा,गुल्मी,बागलुङ्ग,म्याग्दी र पर्बत सम्म जान छिटोछरितो र सजिलो रहने छ ।