कोरोना लागे अब १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने

Read Time:1 Minute, 5 Second

काठमाण्डौ, पौष ४

कोरोना संक्रमणको पुष्टि भए अव १० दिन मात्रै आइसोलेशनमा बसे पुग्ने भएको छ ।
सरकारले सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिन बनाएको छ । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

सङ्क्रमणको लक्षण देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामी बाहेक सबै सङ्क्रमितलाई १० दिनमात्रै आइसोलेशनमा राख्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर समेत घट्दै जाँदा निको हुने दर बढेको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %