याम थापा मगर
रुपन्देही, पुस १ – मंसिर ३० गते मंगलबारको दिन यस अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय बिहारको आधिबेशन मुल तयारी समितीको बैठक बस्यो ।
कार्य समितिका अध्यक्ष ज्ञानेन्द्र सद्धम्म कोबिद ज्युको अध्यक्षतामा बसेको बैठकले पुस १८ गते गर्ने भनिएको अधिवेशन पुस २५ गते सनिबारको दिन बिहान ९ बजे देखि गर्ने निर्णय गरेको छ ।
साथै साधारण सदस्य र आजिबन सदस्य दर्ता तथा नबिकरण पुस १५ गते सम्म मात्र खुला हुने हुदा नया सदस्य हरुले रु १५० र २ प्रती पास पोर्ट साइजको फोटो २ प्रती , आजिबन सदस्य बन्न चाहनेले रु ५००० र २ प्रती फोटो बुझाउनु पर्ने छ । एक चोटि आजिबन सदस्य भएकोले बाचुन्जेल नबिकरण गर्न नपर्ने जानकारी समेत गराईन्छ ।
पारमी प्रकाशन गर्नको लागि १० गते भित्र शुभ कामना र लेख रचना र बिज्ञापन दिनु हुन अनुरोध गरिन्छ
बिहारको आधिबेशन सर्यो, पुस २५ मा हुने !
Read Time:1 Minute, 19 Second
