राज्यसत्ता
काठमाण्डौ, मंसिर ३० नेपालमा कोरोना बाट निको हुनेको दर ९५.३ प्रतिशत पुगेको छ । आज देशैभरी ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९९६ जना संक्रमणबाट मुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ७ हजार ११७ वटा नमुना परीक्षणमा ९३६ जनामा संक्रमण थप पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज उपत्यकामा ४३८ जना थपिएका छन भने प्रदेश अनुसार, प्रदेश १ मा ११०, प्रदेश २ मा ९, बागमती प्रदेशमा ५२४, गण्डकी प्रदेशमा ११३, लुम्बिनी प्रदेशमा १०१, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा ६७ जना गरी ९३६ जना थपिएका हुन् । जसमा महिला ३५१ र ५८५ जना पुरुष थपिएका छन् ।
आज थपिएका ९३६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
त्यसैगरी आज देशैभरी १९९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । मन्त्रालयका अनुसार आज निको भएका १९९६ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

