झुक्यो सरकार, गर्र्यो नेपाल सरकार र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेलाई पनि भत्ता दिने निर्णय

Read Time:3 Minute, 57 Second


काठमाण्डौं, मंशिर २५
सरकारले सरकारी र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । अध्यादेशमार्फत ६० वर्षमुनिका विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेहरूले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यस अघि सरकारले नेपाल सरकार तथा अन्य देशका सरकारबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहेका हरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । त्यसको चौतर्फी बिरोध भएपछि सरकारले निर्णय सच्याउँदै फेरी दिने निर्णय गरेको हो ।
मन्त्री गुरुङका अनुसार सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरी सामाजिक सुरक्षा भत्ता वितरणमा रहेको अन्योललाई स्पष्ट पारिएको हो । ऐनको व्यवस्था अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ६० वर्षमुनिका विधवा, एकल महिला, अति अशक्त अपाङ्गता भएका व्यक्ति र विदेशमा लामो समयसम्म सेवारत व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न कानुनी बाटो खुलेको छ । अध्यादेश जारी भएपछि ६० वर्षमुनिका तीन लाख ३६ हजार ७०३ जना विधवा, एकल महिला हरुले यो सेवा प्राप्त गर्नेछन् ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भई विवाह नगरेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि पनि बाटो खुलेको छ । त्यसका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सकिने छ ।
‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेका ९१ हजार ५७९ जना अति अशक्त अपाङ्गता भएका लाभग्राही सो निर्णयबाट लाभान्वित भएका छन् । अध्यादेश जारीपछि विभिन्न तहका सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्थाबाट नियमित रूपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेका व्यक्तिले दोहोरो सुविधा लिने कार्यको अन्त्य हुने अपेक्षा गरिएको छ ।
अध्यादेशमा सामाजिक सुरक्षा भत्ताका लागि गलत विवरण पेस गरी वा जानी जानी गलत सिफारिस पेस गरी रकम लिएमा त्यस्तो व्यक्तिले लिएको रकम असुल गरी निजलाई बिगो बराबर जरिवाना हुने व्यवस्था गरिएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %