रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरियो

Read Time:2 Minute, 12 Second

पाल्पा, मंशिर १६
पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा सोमबार बिहान कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धकोमूर्ति प्रतिस्थापना गरिएको हो ।

प्रमुख अतिथि भिक्षु महासंघका अध्यक्ष श्री भिक्षु मैत्री महास्थबिरको उपस्थितिमा भएको प्रतिस्थापन कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समितिका कार्यकारी सदस्य एबं विहार प्रमुख श्री भिक्षु मेधकर स्थबिर (नारायण बहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्र ज्यूको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमका अध्यष एवम् समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया)ले बिहार निर्माणका लागी अहिले सम्म झण्डै १२ लाख खर्च भएको जानकारी दिदै काम सम्पन्न गर्नाका लागी अझै बाकी रहेको जानकारी दिनुभयो । बिहार निर्माण गर्न आर्थिक, भौतिक सहयोग गर्ने सवैलाई अध्यबाद दिदै अध्यक्ष थापाले बाकी काम पुरा गर्न पनि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

भिक्षु बाट बुद्ध मूर्ति स्थापना र धर्मदेशना दिनुभएको कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, वडा अध्यक्ष तुल बहादुर जिसि, जग्गा दाता हुम बहादुर थापा लगाएतले बोल्नुभएको थियो ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %