ठिमुरे घोर्लीखरकको रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिदै

Read Time:1 Minute, 46 Second


पाल्पा, मंशिर १३
पाल्पाको रिब्दीकोट ६, ठिमुरे घोर्लीखरकमा स्थापित रिब्डीकोट बौद्ध विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गरिने भएको छ । २०७४ सालमा स्थापित रिब्डीकोट बौद्ध विहारमा यही मंशिर १५ गते सोमबार बिहान १० बजे कार्तिक शुक्ल पूर्णिमाका दिन भगवान बुद्धकोमूर्ति प्रतिस्थापना गरिने विहारका अध्यक्ष हुम बहादुर थापा पचभैयाले जानकारी दिनुभयो ।

प्रमुख अतिथि भिक्षु महासंघका अध्यक्ष श्री भिक्षु मैत्री महास्थबिरको उपस्थिति रहने कार्यक्रममा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समितिका कार्यकारी सदस्य एबं विहार प्रमुख श्री भिक्षु मेधकर स्थबिर (नारायण बहादुर आले मगर) र भिक्षु ज्ञानेन्द्र ज्यूको समेत सहभागीता रहने आयोजकले जनाएका छन् । भिक्षु बाटै बुद्ध मूर्ति स्थापना गरिने र धर्मदेशना दिनु हुने समेत जनाइएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दे नेपाल सरकारले जारी गरेको निर्देशिकाको अवलम्बन गर्दे कार्यक्रम सम्पन्न गर्ने तयारी भएको रिब्डीकोट बौद्ध विहारले जनाएको छ ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %