पाल्पामा पहिरोले घर पुरिदा ६ बेपक्ता, उद्धार कार्य चल्दै

Read Time:1 Minute, 9 Second

No description available.

पाल्पा, असोज ८ 

पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना सहित ६ जना बेपक्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उहाका श्रीमती, छोरी, छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता भएको स्थानीय शिक्षक एवत सारुले जानकारी दिनुभयो । अहिले स्थानीय युवाहरु उद्धारमा जुटेका छन् । पहिरोले हुम बहादुरका २ छोराको घर समेत पुरेको तर उनीहरु सकुशल रहेको जनाईको छ । गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीका अनुसार सोही वडाको सुरुङडाडामा पहिरोले घर परिँदा एक महिला समेत बेपक्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटना स्थलमा प्रहरी पुगेको तर थप जानकारी प्राप्त नभएको जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %